
लन्डन । सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढेको छ ।
नयाँ शताब्दीको सुरुआतपछि बालबालिकाको स्वास्थ्यमा यो दूरगामी गिरावटको भाग भएको बुधबार प्रकाशित एक प्रतिवेदनमा उल्लेख छ ।
परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ भनिएको छ ।
अध्ययनको निष्कर्षमा सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा टाइप २ को मधुमेहमा वृद्धि भएको बताइएको छ । पछिल्लो पाँच वर्षमा टाइप २ को मधुमेह २२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिवेदनका लेखकहरूले सम्भावित कारणहरूमा ‘गरिबी र अभावको चकित पार्ने स्तर’ तथा ‘खाद्य उद्योगद्वारा सस्तो पत्रु खाना (जङ्क फुड) को आक्रामक प्रचार’ रहेको बताएका छन् ।
लेखकहरूले मुलुकको हालको जीवनयापन सङ्कट लागतले धेरै परिवारलाई स्वस्थ, पौष्टिक खाना उपलब्ध गराउने सङ्घर्षलाई ‘तीव्र’ बनाएको बताएका छन् ।
पूर्वसरकारी खाद्य सल्लाहकार हेनरी डिम्बलबीले प्रतिवेदनमा यो गिरावट ‘चकित पार्ने र अत्यन्त दुःखद’ भएको बताउनुभयो । उहाँले जुलाई ४ मा हुने बेलायतको आम निर्वाचनमा जित्ने जुनसुकै राजनीति दलले ‘स्वस्थ र दिगो खानालाई सस्तो बनाउने जङ्क फुडको वृद्धिलाई रोक्नका लागि निर्णायक कदम’ चाल्न आग्रह गर्नुभयो ।
अनुसन्धानअनुसार १०÷११ वर्षको उमेरमा प्राथमिक विद्यालय छाडेपछि पाँचमध्ये एक बालबालिकामा मोटोपन देखिएको थियो । यसबाट उनीहरूलाई टाइप २ मधुमेह विकसित हुने धेरै खतरा छ ।
सन् १९९२ र सन् २००० बीच मोटोपनसँग लड्नका लागि नौ सय ८९ नीतिसहित १४ सरकारी रणनीतिहरूको प्रकाशनका बावजुद कुनै प्रगति हुन सकेको छैन ।
‘एउटा उपेक्षित पुस्ता ः इङ्ग्ल्यान्डमा बालबालिकाको स्वास्थ्यमा गिरावटलाई उल्टाउँदै’ नामक प्रतिवदेनले किशोरहरूमा टाइप २ मधुमेहको पहिलो मामिला सन् २००० मा निदान गरिएको बताएको छ । त्यसपछि सन् २०१२÷१३ र सन् २०२०÷२१ को बीचमा टाइप २ मधुमेह तीन गुणाले बढेको छ ।
राजनीतिक नेताहरूले वर्तमान गतिलाई उल्ट्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । “यस्तो गर्न असफल भएमा आहारसम्बन्धित बिमारी र त्यसले ल्याउने परिणामले आफ्नो जीवनको बोझको पुस्तालाई नेतृत्व गर्नेछ”, प्रतिवेदनले भनेको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु