
लन्डन । सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढेको छ ।
नयाँ शताब्दीको सुरुआतपछि बालबालिकाको स्वास्थ्यमा यो दूरगामी गिरावटको भाग भएको बुधबार प्रकाशित एक प्रतिवेदनमा उल्लेख छ ।
परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ भनिएको छ ।
अध्ययनको निष्कर्षमा सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा कम उमेरका मानिसमा टाइप २ को मधुमेहमा वृद्धि भएको बताइएको छ । पछिल्लो पाँच वर्षमा टाइप २ को मधुमेह २२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिवेदनका लेखकहरूले सम्भावित कारणहरूमा ‘गरिबी र अभावको चकित पार्ने स्तर’ तथा ‘खाद्य उद्योगद्वारा सस्तो पत्रु खाना (जङ्क फुड) को आक्रामक प्रचार’ रहेको बताएका छन् ।
लेखकहरूले मुलुकको हालको जीवनयापन सङ्कट लागतले धेरै परिवारलाई स्वस्थ, पौष्टिक खाना उपलब्ध गराउने सङ्घर्षलाई ‘तीव्र’ बनाएको बताएका छन् ।
पूर्वसरकारी खाद्य सल्लाहकार हेनरी डिम्बलबीले प्रतिवेदनमा यो गिरावट ‘चकित पार्ने र अत्यन्त दुःखद’ भएको बताउनुभयो । उहाँले जुलाई ४ मा हुने बेलायतको आम निर्वाचनमा जित्ने जुनसुकै राजनीति दलले ‘स्वस्थ र दिगो खानालाई सस्तो बनाउने जङ्क फुडको वृद्धिलाई रोक्नका लागि निर्णायक कदम’ चाल्न आग्रह गर्नुभयो ।
अनुसन्धानअनुसार १०÷११ वर्षको उमेरमा प्राथमिक विद्यालय छाडेपछि पाँचमध्ये एक बालबालिकामा मोटोपन देखिएको थियो । यसबाट उनीहरूलाई टाइप २ मधुमेह विकसित हुने धेरै खतरा छ ।
सन् १९९२ र सन् २००० बीच मोटोपनसँग लड्नका लागि नौ सय ८९ नीतिसहित १४ सरकारी रणनीतिहरूको प्रकाशनका बावजुद कुनै प्रगति हुन सकेको छैन ।
‘एउटा उपेक्षित पुस्ता ः इङ्ग्ल्यान्डमा बालबालिकाको स्वास्थ्यमा गिरावटलाई उल्टाउँदै’ नामक प्रतिवदेनले किशोरहरूमा टाइप २ मधुमेहको पहिलो मामिला सन् २००० मा निदान गरिएको बताएको छ । त्यसपछि सन् २०१२÷१३ र सन् २०२०÷२१ को बीचमा टाइप २ मधुमेह तीन गुणाले बढेको छ ।
राजनीतिक नेताहरूले वर्तमान गतिलाई उल्ट्याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । “यस्तो गर्न असफल भएमा आहारसम्बन्धित बिमारी र त्यसले ल्याउने परिणामले आफ्नो जीवनको बोझको पुस्तालाई नेतृत्व गर्नेछ”, प्रतिवेदनले भनेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा