
लण्डन । दुई दशकदेखि ह्याम्पशायर फार्नबरो बस्दै आईरहेकी धरान, सुनसरीकी धनु गुरुङ्गले क्यान्सर पीडितहरुका लागि साइकल चलाएर करिब एक लाख रुपियाँ सहयोग संकलन गर्न सफल भएकी छन् । उनले उक्त रकम क्यान्सर परोपकारी संस्था म्याकमिलनलाई हस्तान्तरण गरेकी छन् ।
ब्रिटिस हाट फाउन्डेसद्वारा आयोजित अत्यन्तै जोखिमपूर्ण ९० किलोमिटरको दुरी रहेको साइकल यात्रामा भाग लिँदै उनले सो सहयोग संकलन गरेकी हुन् । साइकल यात्रा लण्डनबाट सुरु भई ब्राइटनमा पुगेर सकिएको थियो । यात्रा पूरा गर्न करिब ६ घण्टा ३० मिनेट लागेको उनले बताइन् । यात्रा पूरा गर्न पाउँदा आत्मसन्तुष्टी र खुशी मिलेको बताउदै गुरुङ्गले आफ्नो जीवनकालभर क्यान्सर पीडितहरुका लागि अझै उत्साहजनक कार्यहरुमा भाग लिएर उनीहरुको घाउमा मलम लगाइरहन प्रयास गर्ने अठोट व्यक्त गरिन् ।
क्यान्सर रोगका कारण बाल्यवस्थामा नै आफ्नो आमालाई गुमाउनुको पीडाले सताइरहने र आमाको संझनामा हरेक बर्ष क्यान्सर रोगसग सामना गरिरहेका पीडितहरुलागि हौशला बढाउन सोच आइरहने पनि उनले बताइन् ।
उनले केही वर्ष अघि पनि क्यान्सर पीडित बालबालिकाहरुका लागि रकम संकलन गर्न दश हजार फिटमाथिबाट ‘स्काइडाइभिङ जम्प’ गरेकी थिइन् । सो कार्यबाट संकलित रकम क्यान्सर, संगठन नेपाललाई सहयोग गरेको उनले बताइन् ।
आफुले गरिरहेको अभियानहरु सफल बनाउन सहयोग गर्ने सबैलाू उनले कृतज्ञता ब्यक्त गरेकी छिन् ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय