
लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाको कन्सर्टमा बेलायतमा दर्शकहरूले मनोरन्जन लिएका छन् ।
मगर संघ युकेद्वारा शनिबार बेलायतको मिडस्टोन केन्टस्थित केन्ट सो ग्राउण्डमा आयोजित नेपलिज ओपन कन्सर्टमा लामाले आफ्ना फ्यानका साथै उपस्थित दर्शकहरुलाई आफ्ना करिब एक दर्जन गीत गाएर मनोरन्जन दिए ।
नेपाली राष्ट्रिय झण्डा बोकेर मेरो नेपाल बोलको गीतको गीत गाउँदै स्टेज चढेका उनले आफ्ना नयाँ पुराना गीतहरु करिब दुई घण्टा गाएका थिए । तिमीलाई देखेर, पर्खाईमा, हल्ला चलेछ, सायद तिम्रो बाटोमा, बिस्तारै बिस्तारै, बादल पारिको देशबाट, हरियो भन्नु, सुम्निमा, नतानु त तानु लाग्ने लगायतका गीत गाएका थिए । लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले लाइभ म्यूजिकमा साथ दिएको थियो ।
लामाले गाउनुअघि सिक्का ब्याण्डले पनि केही गीत प्रस्तुत गरेको थियो भने नेपालबाट आएका कलाकारहरू नेशन पुन, यज्ञ विके, मुना थापामगर, ललिता पुन र प्रेम विवश घर्तीमगरले पनि गीत गाएका थिए भने मगर गट ट्यालेण्ट २०२४ की विजेता रुबिया थापा,मिफ्रुरुङ युथ समूह र मगर संघ केन्ट शाखाका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय मेडिस्टोन काउन्सिलका मेयर, गैरआवासीय नेपाली संघका अध्यक्ष प्रेम गाहा, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मापहाडी शेर्पा, तमुधिँ युकेका अध्यक्ष हरि गुरुङ, मगर संघ युकेका संरक्षक घनबहादुर थापा, पूर्व अध्यक्षहरूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए । अतिथिहरूलाई मगरहरूको लाइभ कौरा बजाउँदै, गाउँदै, नाच्दै स्टेजमा लगिएको थियो ।
कार्यक्रमको अध्यक्ष अध्यक्ष सीता पुन र संचालन महासचिव गुमानसिंह थापाले गरेका थिए भने साँस्कृतिक संयोजक सरू राना गुरुङले साँस्कृतिक कार्यक्रम चलाउन मिस युके नेपाल सिर्जना गुरुङ, दीपक माइथाने, रूपा राना र नुनु पाइजालाई दिएकी थिइन् ।
हावा र पानीको प्रतिकूल मौसमका बावजूद पनि दर्शकहरू कार्यक्रमको अन्तिमसम्म धैर्यधारण गरेर राजु लामाको प्रस्तुति हेर्न बसेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा