
लण्डन । नेपालमा सरकार परिवर्तनसँगै राजदुतहरु पनि परिवर्तन गर्ने परिपाटीले बेलायतबाट पछिल्लो चार वर्षमा मात्र दुई राजदुत फिर्ता गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सो निर्णयअनुसार अब बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य पनि फिर्ता जानुपर्ने भएको छ ।
आचार्य लगायत राजदुतहरुलाई पूर्ववर्ती गठबन्धनका पालामा नियुक्त गरिएको र हाल नयाँ गठबन्धनको सरकार बनेकाले फिर्ता बोलाइएको अनुमान गरिएको छ ।
परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव समेत सम्हालिसकेका आचार्य नेपालको कुटनीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्तित्वका रुपमा परिचित छन् । उनी बेलायतका लागि नेपाली राजदुतका रुपमा सन् २०२२ नोभेम्बरमा नियुक्त भएका थिए भने २०२२ को फेब्रुअरीमा पदबहाली गरेका थिए ।
राजदुत आचार्यभन्दा अगाडीका बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई पनि नेपालमा सरकार परिवर्तन भएसँगै फिर्ता बोलाइएको थियो । नेपाल सरकारका मुख्य सचिव रहिसकेका रेग्मीले एक वर्ष पनि राजदुत सम्हाल्न पाएनन् । उनी २०२१ को जनवरीमा राजदुत नियुक्त भएर मार्चमा पदबहाली गर्न बेलायत आएका थिए । तर त्यसको सात महिनामै उनलाई सरकारले फिर्ता बोलाएको थियो ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी