
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध धर्म गुरु खेन्पो निमा सिङ्गे मगरलाई स्वागत तथा सम्मान गरेको छ ।
काठमाडौं बौद्धस्थित सेचेन गुम्बाका बौद्ध शिक्षालयका प्रिन्सिपल समेत रहेका खेन्पो मगरलाई आइतबार १२ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत गरिएको हो । उनलाई बीसीसी युके अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत भक्तजनहरुले फूलको गुच्छाले स्वागत गरे ।
कार्यक्रममा खेन्पो मगरले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिँदै आफ्ना विद्यार्थी, भक्तजन र शुचिन्तकहरुलाई फेरि भेट्न पाउँदा खुशी लागेको बताए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष गुरुङले खेन्पो निमा सिङ्गे गुरुलाई गुम्बामा पुनः स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै बीसीसीले आयोजना गर्दै आएका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराए ।
करिब ९० जनाको सहभागिता रहेको उक्त स्वागत तथा सम्मान कार्यक्रमपश्चात बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खेन्पो निमा सिङ्गे मगर, लोपेन नोर्बु, खैबा कर्म सुनाम लामाले तारा डोल्मा देवीको पूजापाठ गरेका थिए । त्यस्तै, दिउँसोको खानापश्चात खेन्पो निमा सिङ्गे मगरको अगुवाई र पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बीएमईको संयोजकत्वमा बौद्ध धर्ममा अत्यन्त महत्व मानिने च्योद् साधनासमेत गरिएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बीएमई, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ्ग, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, सल्लाहकार जङ्गबहादुर गुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत भक्तजन, शुभचिन्तकलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा