
लण्डन । नेपाली फुटबलको राष्ट्रिय टोली इङ्ल्याण्ड सी वर्गको राष्ट्रिय टोलीसित बेलायतको अल्डरसटमा सोमबार भएको खेलमा २–० पराजित भएको छ ।
अल्डरसट टाउन फुटबल क्लव इबीबी स्टेडियममा सोमबार अपराह्न ३ बजे शुरु भएको सो खेलको सातौँ र १२ औँ मिनेटमा नेपालले दुई गोल खाएको थियो । इङ्ल्याण्डका तर्फबाट निकी काबाम्बाले सातौँ मिनेटमा रा कालम स्टिडले १२ औँ मिनेटमा गोल गरेका थिए ।
आइतबार रातिदेखि परेको वर्षा खेल शुरु हुँदा पनि रोकिएको थिएन । नेपाली टोलीका लागि खेल मैदान र मौसम दुवै नयाँ थियो । त्यसमाथि नेपाली टोली राम्रोसित व्यवस्थित हुन नपाउँदै दुई गोलले पछि परेको थियो ।
तर बिस्तारै मौसम पनि सुधार हुँदै गएपछि नेपाली टोलीको प्रदर्शनमा पनि सुधार हुँदै गएको थियो । १२ मिनेटमै दुई गोल खाँदा धेरैले नेपाली टोलीले कम्तीमा चार गोल खाने अनुमान गर्न थालिसकेका थिए तर दोस्रो हाफमा भने नेपाली टोलीले खेललाई करिब नियन्त्रणमा राख्दै गोल गर्ने राम्रा अवसर पनि पाएको थियो ।
नेपाली टोलीले गरेको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो । नेपाली टोलीको सुधारिएको प्रदर्शनसँगै खेल नजिते पनि दर्शकहरुले उनीहरुको पर्फमेन्सबाट भने चित्त बुझाएका थिए ।

खेल हेर्न बेलायतका विभिन्न स्थानबाट ५ हजार ५६० दर्शकहरु आएका थिए । जसमा अधिकांश नेपालीहरु थिए । त्यसैले खेल बेलायतमा भए पनि अधिकांश दर्शकहरुको समर्थन भने नेपाली टोलीलाई थियो । उनीहरुले खेल अवधिभर नेपाल नेपाल भनेर खेलाडीलाई मनोबल बढाउन प्रयास गरेका थिए ।
खेलमा नेपालका गोलकिपर किरणकुमार लिम्बू म्यान अफ द म्याच भए ।
खेलाडी र अफिसियलहरुलाई बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, फुटबल एसोसिएसन इङ्ल्याण्डका अधिकारीहरुले टोपी र मायाको चिनो प्रदान गरेका थिए ।
खेलपूर्व नेपाल र बेलायतको राष्ट्रिय गान गाइएको थियो । नेपालको राष्ट्रिय गान आनी छोइङ डोल्माले गाएकी थिइन् । त्यस्तै सयपत्री साँस्कृतिक समूहले पश्चिम कोही पूर्व घर गीतमा नाच पनि प्रस्तुत गरेको थियो ।

नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’