‘प्यालेट एण्ड प्रोज’ले नेपाली कला र साहित्यलाई विश्वबजारमा चिनाउँदै

लण्डन । नेपाली कला र साहित्यलाई केन्द्रविन्दु बनाएको तीन दिने प्यालेट र प्रोज’ कार्यक्रम लण्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा १६ देखि १८ अप्रिल २०२४ सन्चालन भएको छ । 

कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहको मनमोहक कलाकृतिहरू प्रदर्शन गरिएको थियो भने साहित्यकार डा. संगीता स्वेच्छाको कथासङ्ग्रह ‘रोजेज ओडिसी’ सार्वजनिक गरिएको थियो । 

ग्रिनविचको रोयल बरोबाट डेपुटी मेयर काउन्सिलर जित रानाभाटलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा भएको उक्त उद्घाटन समारोहले लण्डनको जीवन्त क्यानभासमा नेपाली रचनात्मकतालाई प्रवर्द्धन गरेको थियो । उपमेयर रानाभाटले कार्यक्रमको प्रशंसा गर्दै भने, “नेपालको मनोरम परिदृश्य र नेपाली साहित्यलाई समेट्ने र प्रबर्धन गर्ने प्रतिबद्धताको साथका सन्चालन भएको यस कार्यक्रममा राखिएका मनमोहक कलाले र कृतिमा भएका कथाहरुले नेपालको सम्झनाहरूलाई ताजा गराएको छ ।”  

युनिभर्सल पिस फेडेरेसन युकेका निर्देशक मार्गारेट अलि तथा महासचिव रबिन मार्शले सांस्कृतिक आदानप्रदानको महत्त्वलाई जोड दिँदै नेपाली कला र साहित्यलाई प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरुले नेपालको विविध परिदृश्य र वास्तुकलाका जीवन्तता दिएको थियो । अन्तर्राष्ट्रिय दर्शकहरूलाई आफ्ना कलाहरू प्रदर्शन गर्न पाउँदा निकै आनन्दित महसुस गरिरहको बताउने यि दुई कलाकारका चित्रहरू, फोटोरियलिस्टिक चित्रणदेखि लिएर मनमोहक वन्यजन्तु चित्रहरू थिए । 

उक्त कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन युकेका महासचिव रोबिन मार्स, लेखक डा. रुपक श्रेष्ठ, प्यालेस्टिनी कवि शाहद महानवी, बेलायेति लेखक डा. सायन ह्यारिस, अन्तर्राष्ट्रिय टिभी प्रसारक इयान पेल्हम टर्नर र संगीता स्वेच्छाले संयुक्त रुपमा कथासङ्ग्रह “रोजेज ओडिसी” सार्वजनिक गरेका थिए । 

संगीता स्वेच्छाका कथाहरु तथा लेखनशैलीको प्रसंशा गर्दै “रोजेज ओडिसी”ले विदेशी पाठकहरुमाझ नेपाली साहित्यलाई अगाडि लाने कुरामा दुईमत नभएको साहित्यिक अभियन्ता तथा लेखक डा. रुपक श्रेष्ठले बताए । 

कार्यक्रममा बोल्दै वक्ताहरूले रोजेज ओडिसीको विविध पक्षहरु लगायत यसको कथा कथन शैलीको लागि प्रशंसा गरे, जसमा नेपाल र नेपाली डायस्पोरा दुवैमा जरा गाडिएको कथाहरू छन् । जयन्त शर्माले अंग्रेजीमा अनुवाद गरेको यस कृति २०१९ मा “गुलाफसंगको प्रेम” शिर्षकमा नेपालीमा प्रकाशित भएको थियो । 

संगीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, “कार्यक्रममा सम्मानित विविध वक्ताहरूले मेरो पुस्तकमा आफ्नो रोचक र उत्साहजनक दृष्टिकोण प्रस्तुत गर्नु मेरो लागि निकै हौसलाको कुरा हो ।”

नेपाली कला र साहित्यको उत्सवका रूपमा परिकल्पना गरिएको ‘प्यालेट एण्ड प्रोज’ कार्यक्रमलाई नेपाल अध्ययन केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले उत्कृष्ट सफलताको रुपमा लिंदै कार्यक्रम स्वागत योग्य रहेको बताए ।

ढकालले नेपालको जीवन्त सांस्कृतिक सम्पदालाई विश्वभरका दर्शकसामु देखाउने यस कला र साहित्यको फ्युजनको लागि कार्यक्रमको प्रशंसा गरे ।

कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम १६ अप्रिल देखि १८ अप्रिलसम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री