
लन्डन । इंगल्याण्डको मेडस्टोन टाउनबाट काउन्सिलर पदमा निर्वाचित दिनेश खड्का तेस्रो कार्यकालको लागि चुनाव लड्न लागेका छन्।
काउन्सिलर खड्का तेस्रो पटक बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार भएका हुन् । खड्काले पछिल्लो पटक २०२३ मा ४ वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए तर मेडस्टोन बरो काउन्सिलको सीमा परिवर्तनले गर्दा सबै ५५ काउन्सिलरहरुलाई आउँदो मे २ मा हुन गइ रहेको स्थानीय चुनावमा पुनः उम्मेदवार हुन बाध्य तुल्यायो। सीमा परिवर्तनका कारण अब केवल ४९ सिटका लागि बरो काउन्सिलरहरूको चुनाव हुन गै रहेको छ ।
पेशाले खाद्य वैज्ञानिक तथा खाद्य विज्ञानमा पीएचडी पुरा गर्ने अन्तिम चरणमा रहेका खड्का आगामी वैशाखमा हुने निर्वाचनमा सफल हुनेमा आशावादी छन् । सहरमा स्वच्छ पर्यावरण, सबैका लागि हरियाली खुला ठाउँको वातावरण, स्थानीय वासिन्दाका लागि गुणस्तरीय आवास र यातायात सेवामा सहज सार्वजनिक पहुँच उनका प्राथमिकताहरू हुन्।
विगत ६ वर्षदेखि लिबरल डेमोक्र्याटिक पार्टीबाट निर्वाचित काउन्सिलरको रुपमा कार्यरत खड्काले आफ्नो कार्यकालमा स्थानीय सडक मर्मतसम्भार, सार्वजनिक मार्ग पुन: निर्माण, फोहोरमैला व्यवस्थापन, पैदल यात्रु क्रसिङ, पार्क मर्मत, बत्ती जडान जस्ता कामहरु पुरा गरेको बताए। “सबैभन्दा महत्त्वपूर्ण कुरा स्थानीय कोलिस मिलेनियम ग्रीन ट्रस्टसंग समन्वय गरी लगभग ४०० बिरुवा रोप्नका लागि जमीन छुट्याउन सकेकोमा मलाई धेरै खुसी लागेको छ,” खड्काले भने।
केन्ट प्रहरीमा गएको १५ वर्षदेखि स्वयंसेवी सल्लाहकार साथै स्थानीय ट्रस्टको बोर्ड ट्रस्टीको रूपमा काम गरिसकेका खड्काले सन् २०१७ देखि स्थानीय बेलायती समाजसंग होली पर्व मनाउन पहल गरेकाले पनि स्थानीयवासीमाझ परिचित छन् ।
सन् २०२३ को निर्वाचनमा खड्काले कुल खसेको मतको ३७ प्रतिशत मत प्राप्त गरेका थिए।
दाङ, सतबरिया घर भएका खड्का राप्ती समाज युकेका अध्यक्ष पनि हुन् । “मैले यो चुनावमा पार्क लगाएतका पार्क र खुला स्थलहरुको सुरक्षा गर्ने, स्थानीय समुदायको तर्फबाट आवाज उठाउने तथा वायु प्रदूषण घटाउने जस्ता मुख्य मुद्दाहरु उठाई रहेको छु,” उनले भने। उनले अहिलेसम्म स्थानीय जनताकोतर्फबाट राम्रो प्रतिक्रिया पाईरहेको बताउंदै सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा