
लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडमा आगामी अप्रिल ७ तारिख आइतबार नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना हुने भएको छ ।
स्थानीय एशिएन कम्युनिटी सेन्टरमा अपरान्ह ५ देखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने बताइएको छ । स्थानीय कलाकारका गीत, नृत्य सहितका प्रस्तुतिसंगै डिजे डान्सको मनोरन्जन पनि कार्यक्रममा लिन सकिनेछ ।
साउथ इष्ट लन्डन क्षेत्रका अन्य नेपाली संस्था समेतको सहकार्यमा हुन लागेको कार्यक्रममा ५ सय बढी स्थानीय नेपालीको सहभागिता अपेक्षा गरिएको आयोजक आरजीएनएसका अध्यक्ष पुण्य रेग्मीले बताए । कार्यक्रमको संयोजन उपाध्यक्षद्वय सुरज मास्के र मन्जु भण्डारीले गर्दैछन् । आयोजक आरजीएनएस अध्यक्ष रेग्मीले नयाँवर्ष शुभकामना कार्यक्रमले स्थानीय नेपालीहरुबीच सुखद जमघटको अवसर सिर्जना गर्ने आशा व्यक्त गरिएको छ ।
कार्यक्रममा प्रवेश शुल्क मात्र १० पाउन्ड राखिएको छ । कार्यक्रममा साउथ इष्ट साथै बेलायतका अन्य क्षेत्रका नेपालीलाई पनि सहभागिताको लागि आयोजकले आव्हान गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा