
लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडमा आगामी अप्रिल ७ तारिख आइतबार नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना हुने भएको छ ।
स्थानीय एशिएन कम्युनिटी सेन्टरमा अपरान्ह ५ देखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने बताइएको छ । स्थानीय कलाकारका गीत, नृत्य सहितका प्रस्तुतिसंगै डिजे डान्सको मनोरन्जन पनि कार्यक्रममा लिन सकिनेछ ।
साउथ इष्ट लन्डन क्षेत्रका अन्य नेपाली संस्था समेतको सहकार्यमा हुन लागेको कार्यक्रममा ५ सय बढी स्थानीय नेपालीको सहभागिता अपेक्षा गरिएको आयोजक आरजीएनएसका अध्यक्ष पुण्य रेग्मीले बताए । कार्यक्रमको संयोजन उपाध्यक्षद्वय सुरज मास्के र मन्जु भण्डारीले गर्दैछन् । आयोजक आरजीएनएस अध्यक्ष रेग्मीले नयाँवर्ष शुभकामना कार्यक्रमले स्थानीय नेपालीहरुबीच सुखद जमघटको अवसर सिर्जना गर्ने आशा व्यक्त गरिएको छ ।
कार्यक्रममा प्रवेश शुल्क मात्र १० पाउन्ड राखिएको छ । कार्यक्रममा साउथ इष्ट साथै बेलायतका अन्य क्षेत्रका नेपालीलाई पनि सहभागिताको लागि आयोजकले आव्हान गरेका छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा