
लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ ।
समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको हो ।
हरेक वर्ष विभिन्न देशमा सम्मेलन गर्दै आएको समाजले यसपटक युरोपेली मुलुक पोर्चुगलमा सम्मेलन गर्न लागेको समाजद्वारा लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक र साहित्यकर्मीहरूको भेला रहने सम्मेलनको व्यापक तयारी भइरहेको अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानले जानकारी दिनुभयो ।
सम्मेलनमा अनेसासका केन्द्रीय समिति, बोर्ड अफ ट्रष्टी, आजीवन सदस्य, साहित्यकार, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्लगायत गरी विश्वभरका ५० भन्दा बढी च्याप्टरबाट एक सय बढी साहित्यकर्मीको सहभागिता रहने महासचिव अन्जानले बताउनुभयो ।
सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिताबारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे विशेष छलफल र चर्चा गरिने उहाँले बताउनुभयो । तीन दिनसम्म चल्ने सम्मेलनमा सम्मान तथा नवरत्न पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक, सांस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्यगोष्ठीका साथै विभिन्न भाषा, कला, साहित्य र संस्कृतिमाथि कार्यपत्र प्रस्तुत र छलफल गरिने बताइएको छ ।
महासचिव अन्जानका अनुसार सम्मेलनको पहिलो दिन विश्व नारी दिवस विशेष कार्यक्रम हुनेछ भने दोस्रो दिन विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्यगोष्ठी र तेस्रो दिन काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । सो अवसरमा अनेसासका केन्द्रीय सदस्य एवं पत्रकार यादव देवकोटाले ‘नेपाली साहित्य र अबको चुनौती’ विषयमा नेपाली भाषा, साहित्य र संस्कृतिका विज्ञसँग बहस गर्ने कार्यक्रमसमेत रहेको छ । समाजले सम्मेलनलाई भव्यरूपमा सम्पन्न गर्नका लागि विश्वभरका साहित्यकर्मी, कवि, लेखक, पत्रकार तथा सम्पूर्ण सङ्घसंस्थासँग सहयोगको अपिलसमेत गरेको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण