
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखाहरुको समस्याका बारेमा भइरहेको वार्तालाई बेलायती विदेश राज्यमन्त्रीको नेपाल भ्रमणले कमजोर बनाउन सक्ने आशंका गरेको छ ।
गेसो सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति प्रकाशित गर्दै गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच वार्ताको मिति तय भइसकेको अवस्थामा बेलायती सेनाध्यक्ष तथा विदेश राज्यमन्त्रीको एकपछि अर्को नेपाल भ्रमणले वार्ताका परिणामहरुलाई निस्तेज बनाउन सक्ने संशय व्यक्त गरेका छन् ।
हाल बेलायत तथा नेपाल सरकार र गोर्खा समुदायका केही सीमित प्रतिनिधिहरुको संलग्नतामा भइरहेका त्रिपक्षीय वार्ता विवादको घेरामा रहेको र निष्कर्षविहीन पनि रहेको गेसोले बताएको छ । वार्तामा कुनै पनि ठोस् विषयवस्तुुहरु समावेश नभएको र अधिकाश गोर्खा समुदायका प्रतिनिधिमूलक संस्थाहरु यी वार्ताहरुबाट बञ्चित गरिएको आरोप पनि गेसोको छ ।
करिब दुई वर्षदेखि हुँदै आएको वार्ता अब फरवरी २१ र मार्च २७ मा हुने तय भएको छ ।
गेसोले आगामी छ महिनाभित्र वार्ता सार्थकतापूर्वक सम्पन्न भइसक्नु पर्ने अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष एक ज्ञापनपत्र पेश गरिसकेको छ ।
अहिले हुन लागिरहेको विदेश राज्यमन्त्रीको भ्रमण गोर्खाहरुका समान पेन्सनलगायतका समस्याहरु तत्काल समाधान गर्न, अब हुने वार्ता दुवै देशका परराष्ट्र मन्त्रीस्तरमा हुनुु पर्ने विषयमा समेत केन्द्रित गर्न पनि गेसोले माग गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा