
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखाहरुको समस्याका बारेमा भइरहेको वार्तालाई बेलायती विदेश राज्यमन्त्रीको नेपाल भ्रमणले कमजोर बनाउन सक्ने आशंका गरेको छ ।
गेसो सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति प्रकाशित गर्दै गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच वार्ताको मिति तय भइसकेको अवस्थामा बेलायती सेनाध्यक्ष तथा विदेश राज्यमन्त्रीको एकपछि अर्को नेपाल भ्रमणले वार्ताका परिणामहरुलाई निस्तेज बनाउन सक्ने संशय व्यक्त गरेका छन् ।
हाल बेलायत तथा नेपाल सरकार र गोर्खा समुदायका केही सीमित प्रतिनिधिहरुको संलग्नतामा भइरहेका त्रिपक्षीय वार्ता विवादको घेरामा रहेको र निष्कर्षविहीन पनि रहेको गेसोले बताएको छ । वार्तामा कुनै पनि ठोस् विषयवस्तुुहरु समावेश नभएको र अधिकाश गोर्खा समुदायका प्रतिनिधिमूलक संस्थाहरु यी वार्ताहरुबाट बञ्चित गरिएको आरोप पनि गेसोको छ ।
करिब दुई वर्षदेखि हुँदै आएको वार्ता अब फरवरी २१ र मार्च २७ मा हुने तय भएको छ ।
गेसोले आगामी छ महिनाभित्र वार्ता सार्थकतापूर्वक सम्पन्न भइसक्नु पर्ने अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष एक ज्ञापनपत्र पेश गरिसकेको छ ।
अहिले हुन लागिरहेको विदेश राज्यमन्त्रीको भ्रमण गोर्खाहरुका समान पेन्सनलगायतका समस्याहरु तत्काल समाधान गर्न, अब हुने वार्ता दुवै देशका परराष्ट्र मन्त्रीस्तरमा हुनुु पर्ने विषयमा समेत केन्द्रित गर्न पनि गेसोले माग गरेको छ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री