
इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले प्रकाशित गरेको आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।
पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार इमरान खानको समर्थन रहेका स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् ।
उता अलजजिराले सार्वजनिक गरेको मतपरिणाममा भने स्वतन्त्र उम्मेदवारले ९७, नवाज सरिफको पार्टीले ७६ र भुट्टोको पार्टीले ५४ सीटमा विजय प्राप्त गरेको बताइएको छ ।
प्रर्व प्रधानमन्त्री खानको पार्टी पीटीआईलाई चुनाव चिन्ह नदिइएपछि उनका समर्थकहरु स्वतन्त्र रुपमा चुनावमा भाग लिएका थिए ।
२६६ सीटका लागि हुनुपर्ने निर्वाचनमा एक सीट भने उम्मेदवारको निधन भएका कारण निर्वाचन रोकिएको छ । बाँकी २६५ सीटको मतपरिणाम आइसकेको छ ।
अब सरकार बनाउन चाहने दलका लागि १३४ सीटको आवश्यकता पर्नेछ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता