
लण्डन । बेलायतमा जनताबाट प्रत्यक्ष निर्वाचित हुने संसद हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने सांसदहरुले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्ने क्रम बढ्दो छ ।
मंगलबार मात्र पूर्व अर्थ मन्त्री क्वाजी क्वाटेङले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने जानकारी दिएका छन् ।
इन्स्टिच्यूट फर गभर्नमेण्टका अनुसार फेब्रुअरी ६ तारिखसम्ममा ८८ जना वर्तमान संसदका सदस्यहरुले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । यो संख्या विगत (२०१९) को आमनिर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नेहरुको दाँजोमा निक्कै बढी छ । सन् २०१९ को निर्वाचनमा ७४ जना तत्कालिन सांसद उम्मेदवार बनेका थिएनन् ।
हालसम्म संसदबाट सन्यासको घोषणा गर्ने सांसदहरुमा पार्टीगत तवरले विश्लेषण गर्दा सत्तारुढ कञ्जरभेटिभ पार्टीका धेरै छन् । हालसम्म कञ्जरभेटिभका ५५ सांसदले राजनीति छाड्ने बताएका छन् । यस्तै प्रमुख प्रतिपक्षी लेबोरका १६, स्कटिश न्याशनालिष्ट पार्टीका ९, स्वतन्त्र ६ र साना दुई दलका एक÷एक जना छन् ।
इन्स्टिच्यूट फर गभर्नमेण्टका अनुसार धेरै लामो समयदेखि सांसद रहेकाहरुले सेवाबाट अवकास लिने, व्यक्तिगत कारणले राजनीति त्याग गर्ने आदि कारणले सांसदहरुले हरेक चुनावमा नउठ्ने घोषणा गर्ने गरेका छन् । तर सन् २०२४ मा बेलायतमा हुने निर्वाचनमा भने ऐतिहासिक रुपले ठूलो संख्यामा वर्तमान सांसदहरुले नदोहोरिने आशय व्यक्त गरेका छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा