
लण्डन । एक साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ ।
बेलायतको राजदरबार बकिङघम पालेसले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै राजामा क्यान्सर पाइएको र आजैदेखि उपचार शुरु गरेको बताइएको छ ।
गत साता पोस्टेटको शल्यक्रिया गराएका राजा चार्ल्समा पाइएको क्यान्सर प्रोस्टेटको भने नभएको विज्ञप्तिमा खुलाइएको छ तर कुन अंगमा क्यान्सर देखिएको हो भन्ने चाहिँ बताइएको छैन ।
क्यान्सरको उपचार चलुन्जेल राजा चार्ल्स कुनै पनि सार्वजनिक समारोहमा उपस्थित नहुने तर कार्यालयबाट भने काम जारी राख्ने पनि जनाइएको छ ।
७५ वर्षीय राजा चार्ल्स प्रोस्टेटको शल्यक्रियापछि तीन दिन अस्पताल बसेर गत सोमबार मात्र घर फर्किएका थिए । त्यही प्रोस्टेटको उपचारका क्रममा उनमा क्यान्सरको शंका लागेपछि थप जाँच गर्दा उनमा क्यान्सर देखिएको बताइएको छ । राजा चार्ल्सलाई भेट्न अमेरिकामा रहेका उनका कान्छा छोरा ह्यारी चाँडै बेलायत आउने तय भएको छ तथापि राजदरबारले भने राजाको अवस्था चिन्ताजनक नभएको आशय विज्ञप्तिमा बताएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?