
लण्डन । शारीरिक असुरक्षाका कारण बेलायतका न्याय मन्त्री मार्क फ्रिअले राजनीति त्याग गर्ने भएका छन् ।
लण्डनको फिन्चले र गोल्डज ग्रीन निर्वाचन क्षेत्रबाट निर्वाचित उनले लगातारको ज्यान लिने धम्की, दुब्र्यबहार र ज्यान लिने कोसिसपछि राजनीति छाड्ने निर्णय गरेको बताएका छन् ।
गत क्रिस्मसमा मात्र उनको निर्वाचन क्षेत्रमा रहेको कार्यालयमा आगलागी भएको थियो ।
यसअघि सांसद डेभिड अमिसको हत्यामा संलग्न व्यक्ति पटकपटक उनको कार्यालयमा आक्रमणको उद्देश्यसहित पुगेका थिए । तर त्यसबेला उनी वेष्टमिन्स्टरमा भएकाले जोगिएका थिए ।
यहुदीहरुको बाक्लो बसोबास रहेको सो निर्वाचन क्षेत्रबाट निर्वाचित उनले इजरायलको पक्षमा लबिङ गर्ने गरेका छन् ।
उनले सार्वजनिक कार्यक्रममा जाँदा पनि आक्रमण भइहाल्यो भने कता भाग्ने ढोका छ कि छैन हेर्ने र चक्कु प्रहारबाट बच्न ‘एण्टी स्ट्याब भेष्ट’ लगाउने गरेको पनि बताएका छन् ।
बेलायतजस्तो कानुनको शासन भएको मुलुकमा वर्तमान सरकारका मन्त्री नै सुरक्षाका कारण देखाउँदै राजनीतिबाट अलग हुनु अनौठो घटना हो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय