
लण्डन । स्वास्थ्योपचारका लागि एउटै अस्पतालमा भर्ना भएका बेलायतका राजा चाल्र्स र युवराज्ञी केटमध्ये केट आज घर फर्केकी छिन् ।
पेटको शल्यक्रियापश्चात दुई साता लामो अस्पताल बसाइपछि उनी आज विन्जर क्यालस्थित निवास फर्किएको केन्जिङटन पालेसले आज जानकारी दिएको छ ।
४२ वर्षीया युवराज्ञी जनवरी १६ मा लण्डनस्थित द लण्डन क्लिनिकमा भर्ना भएकी थिइन् ।
डिस्चार्ज भएपछि उनले अस्पतालको समस्त टीमलाई धन्यवाद दिएकी छिन् ।
उनी इस्टरसम्म सार्वजनिक कार्यक्रममा नआउने अनुमान गरिएको छ ।
उता सोही अस्पतालमा उपचाररत ७५ वर्षीय राजा चाल्र्स पछि छिट्टै डिस्चार्ज हुने आशा गरिएको छ । उनलाई प्रोस्टेटको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको हो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक