
लण्डन । गायक यशकुमार आफ्नो साँगीतिक प्रस्तुति लिएर पहिलोपटक बेलायत आउन लागेका छन् ।
करिब तीन दशकदेखि गीत संगीतको माध्यमबाट आफ्ना सिर्जनाहरू ल्याइरहेका यशकुमारको पछिल्लो समयमा काठमाडौँ महानगरमा मकै पोल्ने युवती पात्र रहेको गीत र हालसालैकै पूर्वी नेपालको सेरोफेरोमा छायाँकन गरिएको गीत चर्चामा छ ।
आफैँ अभिनय गर्ने, चलचित्र बनाउने र निर्देशन समेत गर्ने बहुप्रतिभाशाली कलाकार यशकुमारको साँगीतिक कार्यक्रम बेलायतमा नेपालीहरूको अति सघन बसोबास रहेको अल्डरसटस्थित एम्पायर हलमा फेब्रुअरी २ मा र आसफोर्ड केन्टस्थित सिंगलटन भिलेज हलमा फेब्रुअरी ३ मा हुँदैछ ।
अल्डरसटमा यशकुमारलाई शब्द ब्याण्डले साथ दिनेछ भने आसफोर्डमा स्थानीय गायक बिसी राईले।
कार्यक्रमको टिकट दर पनि अति नै सस्तो राखिएको छ । अग्रीम बुकिङका लागि १० पाउण्ड र कार्यक्रम स्थलमा १५ पाउण्ड मात्र ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन