
लण्डन । गायक यशकुमार आफ्नो साँगीतिक प्रस्तुति लिएर पहिलोपटक बेलायत आउन लागेका छन् ।
करिब तीन दशकदेखि गीत संगीतको माध्यमबाट आफ्ना सिर्जनाहरू ल्याइरहेका यशकुमारको पछिल्लो समयमा काठमाडौँ महानगरमा मकै पोल्ने युवती पात्र रहेको गीत र हालसालैकै पूर्वी नेपालको सेरोफेरोमा छायाँकन गरिएको गीत चर्चामा छ ।
आफैँ अभिनय गर्ने, चलचित्र बनाउने र निर्देशन समेत गर्ने बहुप्रतिभाशाली कलाकार यशकुमारको साँगीतिक कार्यक्रम बेलायतमा नेपालीहरूको अति सघन बसोबास रहेको अल्डरसटस्थित एम्पायर हलमा फेब्रुअरी २ मा र आसफोर्ड केन्टस्थित सिंगलटन भिलेज हलमा फेब्रुअरी ३ मा हुँदैछ ।
अल्डरसटमा यशकुमारलाई शब्द ब्याण्डले साथ दिनेछ भने आसफोर्डमा स्थानीय गायक बिसी राईले।
कार्यक्रमको टिकट दर पनि अति नै सस्तो राखिएको छ । अग्रीम बुकिङका लागि १० पाउण्ड र कार्यक्रम स्थलमा १५ पाउण्ड मात्र ।
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श