
लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा शुभकामना आदानप्रदान, नेपाली साहित्यका ६ जना मूर्धन्य साहित्यकारहरुको सम्झना, अनेसास बेलायतका सदस्यहरुको हालै प्रकासित कृतिहरुको विमोचन तथा कृतिकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार लण्डनको प्लमस्टिडस्थित साउथ इष्ट तमुधीँ ईकाइको हलमा सम्पन्न उक्त कार्यक्रममा कविशिरोमणि लेखनाथ पौड्याल, नेपाली आधुनिक चित्रकलाका पिता तथा साहित्यकार लैनसिंह वाङदेल, नेपाली गीत तथा संगीतका प्रसिद्ध व्यक्तित्व मास्टर मित्रसेन थापा मगर, आधुनिक नेपाली संगीतका पिता अम्बर गुरुङ, नेपाली प्रगतिवादी तथा पृथक धारका कविताका लोकप्रिय कवि भूपी शेरचन र स्वर सम्राट नारायण गोपालको तस्बीरमा पुष्प अर्पण गर्दै स्मरण गरियो ।
अनेसास बेलायतले अनेसासका कोषाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ को हालै प्रकासित मुक्तक संग्रह “प्रवासी मन”, समाजका सदस्य जीत बहादुर बुढाथोकी छन्त्यालको मुक्तक संग्रह “यानीमाया” र डा. रुपक श्रेष्ठ सम्पादित “सरुभक्तका मुक्तकहरु” को संयुक्त रुपमा विमोचन सम्पन्न गरेको हो । उक्त कार्यक्रममा स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाट र भूपी शेरचनका समकालीन साहित्यकार तथा बेलायतका आँखा रोग बिशेषज्ञ डा. बीरेन्द्र अमात्य, सल्लाहकारद्वय डा. रुपक श्रेष्ठ र सुमल कुमार गुरुङ, अनेसासका अध्यक्ष राज श्रेष्ठ र कार्यक्रम संयोजक माया गुरुङले फूलमाला तथा खादाले स्रष्टाहरुलाई सम्मान गरेका थिए ।
त्यसैगरी अनेसासका सदस्य तथा साहित्यकार संगीता स्वेच्छालाई महिलाहरुको हक तथा अधिकार बारे गरिएको योगदानको सम्मान गर्दै युनिभर्सल पिस फेडेरेसन बेलायतले पिस एम्बासडर घोषणा गरेकोमा उनलाई सम्मान गरिएको थियो ।
अनेसास बेलायतले विगत एक दशकदेखि वर्षेनी गर्दै आएको स्रष्टा स्मृति दिवस यसपटक उपाध्यक्ष माया गुरुङले संयोजन गरेकी थिइन् । अनेसास अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा तथा रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाट प्रमुख अतिथि रहेको सो कार्यक्रमको पहिलो चरणको कार्यक्रम समाजका सदस्य कुमार केसीले तथा दोस्रो चरणको कार्यक्रम सहित्यकार अहिल्या कुँवरले गरेका थिए भने कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष माया गुरुङले सम्पूर्ण सहभागीलाई स्वागत गरेकी थिइन् ।
स्थानीय विभिन्न संघसंस्थाको उपस्थिति रहेको कार्यक्रममा अनेसासका सल्लाहकार डा. रुपक श्रेष्ठले कार्यक्रमको औचित्य तथा साहित्यकारहरुको व्यक्तित्व बारेमा संक्षीप्त चर्चा गरेका भने अर्का सल्लाहकार सुमलकुमार गुरुङले शुभकामना मन्तव्य राखेका थिए । त्यसै गरी सर्जकहरु प्रतिमा केसी र जीत बहादुर छन्त्यालले आफ्नो कृति बारे संक्षिप्त चर्चा गर्दै ३/३ वटा मुक्तकहरु वाचन गरेका थिए भने डा. रुपक श्रेष्ठले सरुभक्तको मुक्तकको इतिहास र संरचनागत पक्ष बारे चर्चा गर्दै उनका केही मुक्तकहरु वाचन गरेका थिए । कार्यक्रमको निकै आकर्षण पक्ष रहेको कवि भूपी शेरचन (भुपेन्द्रमान शेरचन)का समकालीन साहित्यकार तथा बेलायतका आँखा रोग विशेषज्ञ डा. बीरेन्द्र अमात्यका भूपीसंग बिताएका दिनहरु, हासिमजाक, उनका स्वभावहरू, पारिवारिक वातावरण बारेको सचित्र तथा अन्तरंग प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध पारेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाटले सम्मानित श्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै यस्तो कार्यक्रमले हामी सबैलाई नेपाल नेपाली साहित्यसंग निरन्तर जोड्ने र नेपालीत्व बचाउने कुरा बताएका थिए ।
कार्यक्रममा गङ्गा भण्डारी, डा. संगीता स्वेच्छा, सागर अधिकारी, बिसन थापा, दुत पुन “चिम्खोले काईला”, माया गुरुङ र सारादेबी गुरुंगले कविता वाचन गरेका थिए भने बोजराज बराल, सुमल कुमार गुरुङ र राज श्रेष्ठले मुक्तकहरु वाचन गरे । कार्यक्रममा गायककार दीपक थापाले नारायण गोपाल, भूपी शेरचन र अम्बर गुरुङसंग सम्बन्धित केही गीतहरु गाएका थिए भने सारादेबी गुरुङ्गले यानीमाया तथा सुनीमाया गीत सुनाएर सहभागीहरुलाई मनोरंजन दिलाएका थिए ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा अनेसासका अध्यक्ष राज श्रेष्ठले प्रमुख अतिथी, विशेष अतिथि, विभिन्न संघसंस्थाका अतिथि, सहभागी, ब्यबस्थापनमा सहयोग गर्ने समाजका सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण