
लण्डन । बेलायतमा आजदेखि न्याशनल इन्स्योरेन्स (एनआई) दुई प्रतिशतले कटौती गरिएको छ ।
यसअघि वार्षिक तलव १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म पाउनेहरुले १२ प्रतिशत एनआई तिर्नुपर्नेमा आजदेखि १० पाउण्डमा झारिएको छ । सरकारले नयाँ व्यवस्थाबाट करिब २ करोड ७० लाख जागिरेहरुलाई फाइदा पुग्ने अनुमान गरेको छ ।
बेलायती अर्थमन्त्री जेरेमी हन्टले यसअघि शरदकालिन बजेट भाषणमा सो कुरा घोषणा गरेका थिए ।
बेलायतको स्वतन्त्र परामर्शदाता संस्था फिस्कल स्टडिजका अनुसार सरकारले लागू गरेको नयाँ प्रावधानबाट वार्षिक ३० हजार पाउण्ड तलव पाउनेहरुले करिब ३५० पाउण्ड वचत गर्ने बताएको छ । उता अर्थ मन्त्री जेरेमी हन्टले नयाँ प्रावधानबाट एउटा घरमा करिब वार्षिक १ हजार पाउण्ड लाभ हुने बताएका छन् ।
यसैगरी स्वरोजगारहरुका लागि भने यसै वर्षको अप्रिल ६ तारिखदेखि नयाँ एनआई लागू हुने भएको छ । अहिले वार्षिक १२ हजार ५७१ पाउण्डदेखि ५० हजार २७० पाउण्डसम्म कमाइरहेका स्वरोजगारहरुले ९ प्रतिशत एनआई तिरिरहेकोमा त्यसपछि भने ८ प्रतिशत मात्र तिर्नुपर्ने छ ।
बेलायतमा वार्षिक १२ हजार ५७० पाउण्डभन्दा माथि आम्दानी गर्नेहरुले एनआई तिर्नुपर्ने व्यवस्था छ । सो एनआई स्टेट पेन्सन, बेरोजगार भत्ता, सुत्केरी भत्ता, स्वास्थ्य सेवा लगायतमा खर्च गरिन्छ । एनआई रोजगारदाता र जागिरे दुवैले तिर्नुपर्दछ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा