
लण्डन । लण्डनमा आत्महत्या गरेको आशंका गरिएका ४६ वर्षीय सुरेश मगरको आफन्त सम्पर्कमा आएका छन् ।
यसअघि लण्डनको क्याम्डेन प्रहरीले उनको शव व्यवस्थापन गर्न नजिकका आफन्तसित सम्पर्क हुन नसकेको भन्दै नेपाली दुताबास लण्डनमा पत्राचार गरेको थियो । दुताबासले मगर संघ युकेलाई सहयोगका लागि अपील गरेको थियो भने संघले सामाजिक र सांगठानिक सन्जालमार्फत आफन्तलाई सम्पर्कमा आउन अनुरोध गरेको थियो ।
संघकी अध्यक्ष सीता पुनले सुरेश मगरको आफन्त पत्ता लागेको जानकारी दिएकी छिन् । सुरेश मगर म्याग्दी देविस्थानको भएको र गाउँमा उनलाई रघु भनेर चिनिने उनले बताएकी छिन् ।
संघका महासचिव गुमानसिंह थापाका अनुसार सुरेश मगर संघकी अध्यक्ष सीता पुनको समेत चिनजानको र आफन्त समेत पर्ने पत्ता लागेपछि अध्यक्ष पुनले नै उनको शव पहिचानको नेतृत्व गरिरहेको जानकारी दिए ।
सुरेश मगरले म्याग्दीमा शिक्षकका रूपमा समेत केही समय काम गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
उनी पेन्सनर काका काकीसित लण्डनमा बस्दै आएको र वयोवृद्ध अवस्थाका काका काकी अहिले नेपाली बिदामा गएको बताइएको छ ।
पोर्चुगलका राहदानीबाहक मगर कहिलेदेखि बेलायतमा थिए र उनको निधन कसरी हुन पुग्यो भन्ने बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा