
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकले यसवर्षको फोनिज युके पत्रकारिता पुरस्कार फोटो पत्रकार तथा गोरखा मिडियाका प्रबन्धक मिलन तमु गुरुङ र सम्मान गोरखा च्यानलकी विमला सेनेलाई प्रदान गरेको छ ।
फोनिज युकेको चौथो अधिवेसनका अवसरमा शनिबार अल्डरसटमा आयोजित एक कार्यक्रममा तमु र सेनेलाई प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र फोनिज युकेका अध्यक्ष गोमा रानाले पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
पुरस्कारको राशी १०१ पाउण्ड र कदर पत्र रहेको छ ।
सो पुरस्कार पाएपछि छोटो मन्तब्यका क्रममा पत्रकार तमुले पुरस्कारले अझ पत्रकारितामा लाग्न हौसला मिलेको बताए । यस्तै सम्मान पाएपछि मन्तब्य दिने क्रममा पत्रकार सेनेले सम्मानका लागि फोनिज युकेप्रति आभार व्यक्त गरिन् ।
पत्रकार तमु बेलायतमा लामो समयदेखि फोटो पत्रकारितामा आवद्ध छन् । एभरेष्ट टाइम्समा लामो समय संलग्न उनी हाल गोरखा मिडिया सन्चालन गर्दै आएका छन् । उता पत्रकार सेने लामो समय रेडियो पत्रकारिता गरेकी पत्रकार हुन् । उनले बीएफबीएस गोरखा रेडियो, सप्तकोशी एफएम लगायत बेलायतबाट सन्चालित नेपाली टिभी, गोरखा च्यानलमा रहेर पत्रकारिता गरिसकेकी छिन् ।
फोनिज युकेले गतवर्षदेखि बेलायतमा एक पत्रकारलाई सम्मान र एक पत्रकारलाई पुरस्कार दिन थालेको हो । गत वर्षको सम्मान हरिकुमार गुरुङ ‘काजी’ र पुरस्कार अमित थेबेलाई दिइएको थियो ।
यसबाहेक फोनिज युकेबाट नेपालमा पनि हरेक वर्ष एक पत्रकारलाई सम्मान र एक पत्रकारलाई पुरस्कार दिँदै आइएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने