
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकले यसवर्षको फोनिज युके पत्रकारिता पुरस्कार फोटो पत्रकार तथा गोरखा मिडियाका प्रबन्धक मिलन तमु गुरुङ र सम्मान गोरखा च्यानलकी विमला सेनेलाई प्रदान गरेको छ ।
फोनिज युकेको चौथो अधिवेसनका अवसरमा शनिबार अल्डरसटमा आयोजित एक कार्यक्रममा तमु र सेनेलाई प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र फोनिज युकेका अध्यक्ष गोमा रानाले पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
पुरस्कारको राशी १०१ पाउण्ड र कदर पत्र रहेको छ ।
सो पुरस्कार पाएपछि छोटो मन्तब्यका क्रममा पत्रकार तमुले पुरस्कारले अझ पत्रकारितामा लाग्न हौसला मिलेको बताए । यस्तै सम्मान पाएपछि मन्तब्य दिने क्रममा पत्रकार सेनेले सम्मानका लागि फोनिज युकेप्रति आभार व्यक्त गरिन् ।
पत्रकार तमु बेलायतमा लामो समयदेखि फोटो पत्रकारितामा आवद्ध छन् । एभरेष्ट टाइम्समा लामो समय संलग्न उनी हाल गोरखा मिडिया सन्चालन गर्दै आएका छन् । उता पत्रकार सेने लामो समय रेडियो पत्रकारिता गरेकी पत्रकार हुन् । उनले बीएफबीएस गोरखा रेडियो, सप्तकोशी एफएम लगायत बेलायतबाट सन्चालित नेपाली टिभी, गोरखा च्यानलमा रहेर पत्रकारिता गरिसकेकी छिन् ।
फोनिज युकेले गतवर्षदेखि बेलायतमा एक पत्रकारलाई सम्मान र एक पत्रकारलाई पुरस्कार दिन थालेको हो । गत वर्षको सम्मान हरिकुमार गुरुङ ‘काजी’ र पुरस्कार अमित थेबेलाई दिइएको थियो ।
यसबाहेक फोनिज युकेबाट नेपालमा पनि हरेक वर्ष एक पत्रकारलाई सम्मान र एक पत्रकारलाई पुरस्कार दिँदै आइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा