
लण्डन । पहिचान पुरस्कार कोषले २०७९ सालको ’पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तक मध्येबाट दुई कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।
प्रगति राई लामो समयवाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेकी छिन् । उनको आफ्नो कृति थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छिन् ।
उन्मुक्त पुस्ता आन्दोलनको अभियन्ता मध्येको एउटा नाम हो, ‘प्रकाश गुरागाईं’। उनी पहिचान सम्बन्धी लेखन र पत्रकारितालाई संगसंगै वोकेर हिँडिरेका छन् । जङ्क्सन पिपलबोटले ६०/७० वर्ष अघिको साहित्यको इतिहासलाई खोतलेको छ । उनले राजनैतिक इतिहासलाई पनि यस कृतिमा केही मात्रामा समेटेका छन् ।
संस्थाले जनाएअनुसार, २०८१ साल बैशाख २२ गते भोजपुर जिल्लाको ‘टेम्के मैयुङ’ (रिमाचुङ सिलीचुङ) गाउँपालिका वार्ड नम्बर ४ को सुन्दर डाँडा चखियामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो । वैशाख २३ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्रा’ गर्ने बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने