
लण्डन । पहिचान पुरस्कार कोषले २०७९ सालको ’पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’ लाई संयुक्त प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कोषको बैठकले जुरीवाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तक मध्येबाट दुई कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।
प्रगति राई लामो समयवाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेकी छिन् । उनको आफ्नो कृति थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छिन् ।
उन्मुक्त पुस्ता आन्दोलनको अभियन्ता मध्येको एउटा नाम हो, ‘प्रकाश गुरागाईं’। उनी पहिचान सम्बन्धी लेखन र पत्रकारितालाई संगसंगै वोकेर हिँडिरेका छन् । जङ्क्सन पिपलबोटले ६०/७० वर्ष अघिको साहित्यको इतिहासलाई खोतलेको छ । उनले राजनैतिक इतिहासलाई पनि यस कृतिमा केही मात्रामा समेटेका छन् ।
संस्थाले जनाएअनुसार, २०८१ साल बैशाख २२ गते भोजपुर जिल्लाको ‘टेम्के मैयुङ’ (रिमाचुङ सिलीचुङ) गाउँपालिका वार्ड नम्बर ४ को सुन्दर डाँडा चखियामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो । वैशाख २३ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्रा’ गर्ने बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा