
लण्डन । गुरुङ सोसाइटी केन्ट युकेले गुरुङहरुको महान साँस्कृतिक पर्व ल्होसार ३० डिसेम्बरमा मनाउने भएको छ ।
फोकस्टोन केन्टस्थित हकिङज कम्युनिटी सेन्टरमा अपरान्ह ४ बजे देखि राति ११ बजेसम्म ल्होसार मनाइने आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा मेडवेका मेयर काउन्सिलर नीना गुरुङ रहने भएकी छिन्। उक्त कार्यक्रममा ल्होसारको शुभकामना आदानप्रदान, नयाँ सदस्यहरुलाई स्वागत, उच्च शिक्षा हासिल गर्ने तमु विद्यार्थीहरुलाई सम्मान, समाजमा राम्रो काम गर्नेलाई सम्मान पत्र र जिसिएसईमा सबैभन्दा उत्कृष्ट अंक ल्याई उत्तिर्ण तमु विद्यार्थीलाई ‘ब्राइट फ्युचर अवार्ड’ ले सम्मान गरिने कार्यक्रम रहेको समाजका प्रथम उपाध्यक्ष गोलमान गुरुङले जानकारी दिए ।
कार्यक्रममा गुरुङहरुको मौलिक पोशाकमा सजिएर आउने तमु र तमुस्योलाई यो वर्ष उत्कृष्ट पुरस्कारको पनि ब्यबस्था मिलाएको छ । साँस्कृतिक कार्यक्रममा भने केन्टबासी स्थानीय तमु युवायुवतीहरुबाटै बेजोड प्रस्तुति लगायत विविध आकर्षक कार्यक्रमहरु राखिएको छ । त्यसका साथै भाग्यशाली ‘राफल ड्र’ पनि व्यवस्था गरिएको छ ।
गुरुङ समुदायले यस वर्ष हि(ल्हो) अर्थात बिरालो वर्गलाई बिदाई र मुप्री(ल्हो) अर्थात गिद्ध वर्गलाई स्वागत गरी तमु ल्होसार धुमधामसँग मनाउँदै छन् ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?