
लण्डन । गुरुङ सोसाइटी केन्ट युकेले गुरुङहरुको महान साँस्कृतिक पर्व ल्होसार ३० डिसेम्बरमा मनाउने भएको छ ।
फोकस्टोन केन्टस्थित हकिङज कम्युनिटी सेन्टरमा अपरान्ह ४ बजे देखि राति ११ बजेसम्म ल्होसार मनाइने आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा मेडवेका मेयर काउन्सिलर नीना गुरुङ रहने भएकी छिन्। उक्त कार्यक्रममा ल्होसारको शुभकामना आदानप्रदान, नयाँ सदस्यहरुलाई स्वागत, उच्च शिक्षा हासिल गर्ने तमु विद्यार्थीहरुलाई सम्मान, समाजमा राम्रो काम गर्नेलाई सम्मान पत्र र जिसिएसईमा सबैभन्दा उत्कृष्ट अंक ल्याई उत्तिर्ण तमु विद्यार्थीलाई ‘ब्राइट फ्युचर अवार्ड’ ले सम्मान गरिने कार्यक्रम रहेको समाजका प्रथम उपाध्यक्ष गोलमान गुरुङले जानकारी दिए ।
कार्यक्रममा गुरुङहरुको मौलिक पोशाकमा सजिएर आउने तमु र तमुस्योलाई यो वर्ष उत्कृष्ट पुरस्कारको पनि ब्यबस्था मिलाएको छ । साँस्कृतिक कार्यक्रममा भने केन्टबासी स्थानीय तमु युवायुवतीहरुबाटै बेजोड प्रस्तुति लगायत विविध आकर्षक कार्यक्रमहरु राखिएको छ । त्यसका साथै भाग्यशाली ‘राफल ड्र’ पनि व्यवस्था गरिएको छ ।
गुरुङ समुदायले यस वर्ष हि(ल्हो) अर्थात बिरालो वर्गलाई बिदाई र मुप्री(ल्हो) अर्थात गिद्ध वर्गलाई स्वागत गरी तमु ल्होसार धुमधामसँग मनाउँदै छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा