संखुवासभा समाज युकेको अध्यक्षमा हेमकला राना गुरुङ

लण्डन । संखुवासभा समाज युकेको अध्यक्षमा हेमकला गुरुङ राना निर्वाचित हुनुभएको छ ।

यही शनिबार (डिसेम्बर ३) को दिन अल्डरसटको सुसी मोटो रेष्टरेन्टको सभाहलमा सम्पन्न समाजको नवौं अधिवेशनले रानाको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

सो नवौं आसन्न अधिवेशनले श्रीमती हेमकला गुरुङ रानाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश राउत (खराङ), उपाध्यक्षत्रयमा टीका लोहरुङ राई (पाङ्मा), सुन्दर लिँथेप (मावादिन), अमर राई (मैदाने अरिङ्गा), महिला उपाध्यक्षमा श्रीमती कमला गुरुङ (स्वाची), महासचिवमा प्रेमकुमार कोरङी (बाघा), उपमहासचिवमा दिपकेन्द्र राई (सिलीचोङ याफु वाङटाङ्ग), सचिवमा श्रीमती मनकुमारी गुरुङ (मादी), कोषाध्यक्षमा एलबी गुरुङ (वाना), पेयपदार्थ संयोजकमा श्रीमती लीला गुरुङ (स्वाची) र युवा संयोजकमा मिसेङ हाङ लिम्बु (नुनढाकी) चयन हुनुभएको छ ।

उत्तर सुन्दासको अध्यक्षतामा शुरु भएको औपचारिक कार्यक्रम संस्थाका संरक्षक नरबहादुर बलम्पाकीको प्रमुख आतिथ्य र जेष्ठ नागरिकद्वय हर्कलाल राई र श्रीमती कलामाया राईको विशेष आतिथ्यमा भएको थियो । नेपालबाट हालै बेलायत आउनुभएका ताप्लेजुङ सरोकार समाज धरानका उपाध्यक्ष तथा धरान गुम्बा व्यवस्थापन समितिकी आमा समूहकी उपाध्यक्ष श्रीमती कृष्णकुमारी कोरङ्गी लामा गुरुङ र ताप्लेजुङ सरोकार समाज धरानका सल्लाहकार समाजसेवी अमृतबहादुर गुरुङ पनि विशेष अतिथि हुनुहुन्थ्यो।

अन्य अतिथिहरुमा पूर्व अध्यक्ष तथा संरक्षकहरू विजय लिङथेप, गणेश राना, श्रीमती वशुन्धरा याख्या (सोम्याहाङ), संरक्षक खगेन्द्र  याख्या राई, संस्थापक उपाध्यक्ष प्रकाश राउत, सल्लाहकार श्रीमती सुशीला राई, सल्लाहकार टीका लोहोरुङ, ननिटन क्षेत्र प्रमुख कुलदिप राई, संस्थापक सदस्य तथा अल्डरसट फाम्व्रो एरिया प्रमुख कुमार गुरुङ, अक्स्फिोर्ड मेडिष्टोन एरिया प्रमुख सुन्दर लिङथेप, फक्स्टोन, डोवर एरिया प्रमुख नरबहादुर तामाङ हुनुहुन्थ्यो।

बिहानको ११ बजेबाट शुरु भएको पहिलो चरणको कार्यक्रम समाजका महासचिव रमेश राईको सञ्चालन साथै समाजको वरिष्ठ उपाध्यक्ष श्रीमती हेमकला गरुङ रानाको स्वागत मन्तव्यबाट शुरु भएको थियो । उपाध्यक्ष टेक कुलुङ राईले हेल्थ्य एन्ड सेफ्टी सम्बन्धी जानकारी दिनुभएको थियो भन‌े उपमहासचिव दिपकेन्द्र राईले जिल्लावासी महानुभावहरुको डाटा तथा लिखित नामवली संकलन गर्नु भएको थियो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हेमकला गुरुङ रानाले आठौं कार्यसमितिको कार्यकाल अवधिको प्रगति प्रतिवेदन रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि संरक्षक नरबहादुर बलम्पाकी मगरले नवौं आशन्न अधिवेश‌न पूर्ण सफलताको शुभकामना मन्तब्य व्यक्त गर्नुभएपश्चात अध्यक्षबाट आठौं कार्यसमिति विघटन गरी पहिलो औपचारिक कार्यक्रम समापन गर्नुभएको थियो ।

दोश्रो चरणको कार्यक्रम बन्दसत्रले नयाँ कार्यसमितिको चयन प्रकृयालाई अगाडी बढाउनको अध्यक्ष मण्डल र निर्वाचन समिति गठन गरिएको थियो । अध्यक्ष मन्डलमा संरक्षकद्वय विजय लिङथेप र श्रीमती वशुन्धरा याख्या (सोम्याहाङ) तथा निर्वाचन समितिमा निर्वाचन आयुक्त खगेन्द्र याख्या राई, सदस्य सचिव गणेश राना, सदस्य नर बहादुर तामाङ रहनुभएको थियो । 

बन्दसत्रमा  महासचिव रमेश राईले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष अमर राईले आर्थिक आयब्ययको साथ संस्था दर्ता प्रक्रियाको विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

हलको बन्दसत्रबाट दुवै प्रतिवेदन पारित भएपछि अध्यक्ष मण्डलबाट निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया शुरु गर्न समय दिइएको थियो । तत्पश्चात निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन समितिका सदस्य सचिव गणेश रानाले सर्वसम्मतरूपमा निर्वाचित कार्यसमितिको नामावलली घोषणा गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिमा बाँकी रहेका पदहरुमा र सल्लाहकार समितिमा नयाँ कार्यसमितीको पहिलो बैठकबाट मनोनित गरिने जानकारी दिइएको छ ।

अन्त्यमा नवनिर्वाचित अध्यक्ष श्रीमती हेमकला गुरुङ रानाले आठौं कार्यसमितिको टीम एवम् अध्यक्ष मण्डल, निर्वाचन समितिसहित समाजलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहनु भएका जिल्लावासीहरुलाई धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिको तर्फबाट प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

बेलायतलाई कर्मभूमि बनाएका संखुवासभालीहरुको छाता संस्थाको रुपमा रहेको समाजले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका, जिल्लावासीहरुसँग पनि समन्वय र सहकार्य गरी सुमधुर सम्बन्ध स्थापित गर्दै आएको छ ।

समाजले बेलायतमा र आफ्नो गृह जिल्लामा जिल्लावासीहरुलाई परेको दैवीप्रकोप तथा भवितब्यमा पीडितहरुलाई तत्काल सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री