
लण्डन । बेलायतमा भएको सवारी दुर्घटनामा मेजर गणेश राईको निधन भएको छ ।
नोभेम्बर २९ बुधबार दिउँसो करिब सवा १ बजे एम थ्री जंक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उहाँको निधन भएको हो ।
बेइजिङस्टक गजेटका अनुसार शुरुमा राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको थियो । आफ्नो कारबाट बाहिर निस्केको बेला मालबाहक ट्रकले हानेर राईको मृत्यु भएको बताइएको छ ।
प्रहरीले सो घटनाका बारेमा सिसिटिभी फुटेज कसैसँग भए उपलब्ध गराउन अपील गरेको छ ।
भोजपुर पुर्ख्यौली घर र आर्मी नम्बर २११६८८६० भएका ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए । ३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकास पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए ।
उनको श्रीमती र दुई छोरी रहेका छन् ।
किरात राई यायोख्याका कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राईका अनुसार मेजर गणेश राई कला, साहित्य र संगीत भनेपछि हुरुक्क हुने स्वभावको हुनुहुन्थ्यो । आफैँ बजाउने, गाउने र नाच्ने बहुमुखी प्रतिभा उहाँको थियो ।
आपसमा फरक फरक विचार हुन्छ तर सबैलाई काम गर्न सक्ने साझा मञ्च बनाउन सकिन्छ भन्ने उहाँको प्रयास रहने गरेको चाम्लिङ स्मरण गर्नुहुन्छ ।
बीबीसीको ब्रिटिश एसिएन हिस्ट्रीमा गोरखाबारे जानकारी दिँदै राई
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने