
लण्डन । बेलायतमा भएको सवारी दुर्घटनामा मेजर गणेश राईको निधन भएको छ ।
नोभेम्बर २९ बुधबार दिउँसो करिब सवा १ बजे एम थ्री जंक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उहाँको निधन भएको हो ।
बेइजिङस्टक गजेटका अनुसार शुरुमा राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको थियो । आफ्नो कारबाट बाहिर निस्केको बेला मालबाहक ट्रकले हानेर राईको मृत्यु भएको बताइएको छ ।
प्रहरीले सो घटनाका बारेमा सिसिटिभी फुटेज कसैसँग भए उपलब्ध गराउन अपील गरेको छ ।
भोजपुर पुर्ख्यौली घर र आर्मी नम्बर २११६८८६० भएका ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए । ३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकास पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए ।
उनको श्रीमती र दुई छोरी रहेका छन् ।
किरात राई यायोख्याका कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राईका अनुसार मेजर गणेश राई कला, साहित्य र संगीत भनेपछि हुरुक्क हुने स्वभावको हुनुहुन्थ्यो । आफैँ बजाउने, गाउने र नाच्ने बहुमुखी प्रतिभा उहाँको थियो ।
आपसमा फरक फरक विचार हुन्छ तर सबैलाई काम गर्न सक्ने साझा मञ्च बनाउन सकिन्छ भन्ने उहाँको प्रयास रहने गरेको चाम्लिङ स्मरण गर्नुहुन्छ ।
बीबीसीको ब्रिटिश एसिएन हिस्ट्रीमा गोरखाबारे जानकारी दिँदै राई
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा