
लण्डन । यसवर्ष उच्च शिक्षा अध्ययनका लागि बेलायत आउने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।
बेलायतको गृह मन्त्रालयले नोभेम्बर २३ मा जारी गरेको तथ्याङ्कअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीहरूको संख्या झण्डै दुई गुणा बढेको छ ।
तथ्याङ्कअनुसार सन् २०२२ को पहिलो त्रैमासिकदेखि तेस्रो त्रैमासिकसम्ममा ३ हजार ३६३ विद्यार्थीले बेलायतको भिसा पाएका थिए । सन् २०२३ को सोही अवधिमा बेलायतको भिसा पाउने नेपाली विद्यार्थीहरूको संख्या ६ हजार ५४७ पुगेको छ ।
जुन सन् २०२२ को तुलनामा करिब ९८ प्रतिशतले बढी छ । यी दुई वर्षमा बेलायत आउने विद्यार्थीको संख्यामा सबैभन्दा वृद्धि हुने मुलुक नेपाल नै हो । नेपालपछि म्यानमारबाट उच्च शिक्षा अध्ययनका लागि आउनेको संख्यामा करिब ५७ प्रतिशत वृद्धि भएको छ । त्यसपछि इरानबाट बेलायत आउनेहरू रहेका छन् । उनीहरूको संख्यामा करिब ५१ प्रतिशत वृद्धि भएको छ ।
उता कोभिडपूर्वको तथ्याङ्कसँग तुलना गर्ने हो भने सो संख्या १ हजार २४७ प्रतिशत बढी रहेको बताइएको छ ।
उता भारत, नाइजेरिया, बङ्गलादेश, हङकङ, मलेसिया, थाइल्याण्ड, इजिप्टबाट बेलायत उच्च शिक्षा अध्ययनका लागि आउनेहरूको संख्या भने घटेको छ ।
नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीको संख्या उल्लेख्य बढे पनि बेलायतमा विभिन्न देशहरूबाट उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीको कूल संख्यामा भने खासै वृद्धि भएको पाइएको छैन ।
सन् २०२२ मा ४ लाख ६ हजार ९९९ विद्यार्थीले विद्यार्थी भिसा पाएकोमा सन् २०२३ मा ४ लाख ७ हजार ९६६ विद्यार्थीले बेलायतको भिसा पाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]