
काठमाडौँ । नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आज हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरियो ।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य व्यक्त गर्दै त्यसले नेपाल संयुक्त अधिकाज्य सम्बन्ध सुदृढीकरणमा ठूलो योगदान गरेको बताउनुभयो ।
नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेन सन्धिको महत्व तथा बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
प्राध्यापक त्रिरत्न मानन्धरले नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै त्यसलाई वर्तमान अवस्थामा पुर्याउन मैत्रीसन्धिले गरेको योगदानको चर्चा गर्नुभएको थियो ।
परराष्ट्र सचिव भरतराज पौड्यालका तर्फबाट मन्त्रालयका सहसचिव तथा युरोप–अमेरिका महाशाखाका प्रमुख गणेश ढकालले दुईदेशीय सम्बन्धबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दुई देशबीचको सम्बन्ध तथा सय वर्षअघि भएको उक्त सन्धिका असाधारण तस्बिर पनि प्रदर्शन गरिएको थियो । साथै नेपाली सेनाले साङ्गीतिक प्रस्तुति पनि पेस गरेको थियो ।
त्यस अवसरमा सङ्घीय संसद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुख पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा वरिष्ठ पत्रकारहरुको उपस्थिति थियो ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा