
काठमाडौँ । नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आज हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरियो ।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य व्यक्त गर्दै त्यसले नेपाल संयुक्त अधिकाज्य सम्बन्ध सुदृढीकरणमा ठूलो योगदान गरेको बताउनुभयो ।
नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेन सन्धिको महत्व तथा बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
प्राध्यापक त्रिरत्न मानन्धरले नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै त्यसलाई वर्तमान अवस्थामा पुर्याउन मैत्रीसन्धिले गरेको योगदानको चर्चा गर्नुभएको थियो ।
परराष्ट्र सचिव भरतराज पौड्यालका तर्फबाट मन्त्रालयका सहसचिव तथा युरोप–अमेरिका महाशाखाका प्रमुख गणेश ढकालले दुईदेशीय सम्बन्धबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दुई देशबीचको सम्बन्ध तथा सय वर्षअघि भएको उक्त सन्धिका असाधारण तस्बिर पनि प्रदर्शन गरिएको थियो । साथै नेपाली सेनाले साङ्गीतिक प्रस्तुति पनि पेस गरेको थियो ।
त्यस अवसरमा सङ्घीय संसद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुख पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा वरिष्ठ पत्रकारहरुको उपस्थिति थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा