
लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाएको छ ।
वरिष्ठ साहित्यकार, नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा १८ नोभेम्बर २०२३ शनिबार सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा हालै दिवंगत हुनुभएकी जानकी मानन्धरप्रति पनि श्रद्धान्जलि अर्पण गरिएको थियो ।
कार्यक्रमलाई संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुमलकुमार गुरुङले संयोजन गरेका थिए ।
संस्थाकी सचिव मन्जु भण्डारीले सन्चालन गरेकी यस कार्यक्रमलाई समाजकी उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् ।
कार्यक्रममा करिब २५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालमा जाजरकोटमा हालै गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेहरू र अनेसास बेलायतद्वारा प्रत्येक वर्ष प्रदान गरिने सुप्रमा ईप्रमा साहित्यिक पुरस्कारको संस्थापक स्वर्गीय ईश्वर मानन्धरकी श्रीमती स्वर्गीय जानकी मानन्धरप्रति हार्दिक श्रद्धान्जलीका लागि कार्यक्रममा एक मिनेट मौन धारणा गरिएको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे छोटो जीवनी साथै नेपाली साहित्यमा महाकविको विशेष प्रभावको बारेमा संयोजक सुमलकुमार गुरुङले प्रकाश पारेका थिए । यस कार्यक्रममा स्वर्गीय ईश्वर मानन्धर तथा मानन्धर परिवारको तर्फबाट उनका पुत्र विनोद मानन्धर तथा पुत्री सविता मानन्धर उपस्थिति थिए । विनोद मानन्धर तथा सविता मानन्धरले संक्षिप्तमा आफ्नो भनाइ व्यक्त गरेका थिए ।
कार्यक्रममा श्रद्धान्जलि प्रकट गर्दै आफ्नो सिर्जना वाचन गर्नेहरुमा क्रमश भरतकुमार श्रेष्ठ, गंगा भण्डारी, विशन थापा, केदार संकेत, जित छन्त्याल, डा. संगीता स्वेच्छा, नानु राना, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, सरुभक्त श्रेष्ठ, राज श्रेष्ठ, नीता गुरुङ तथा मन्जु भण्डारी, माया गुरूङ थिए । सहभागीमध्ये केहीले आफ्नो भनाइ मात्र राखेका थिए । कार्यक्रममा उपस्थित पूर्व मगर संघ बेलायतका अध्यक्ष तथा वरिष्ठ साहित्यकार दुत पुन (चिमखोले काइँला), लय प्रसाई तथा अर्चना गुरुङ पनि उपस्थित थिए ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्त श्रेष्ठले देवकोटाको बहुआयामिक देनबारे प्रकाश पार्दै आफूलाई यस्तो गरिमामय कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए ।
अन्तमा कार्यक्रममा सभाध्यक्ष राज श्रेष्ठले स्वर्गीय जानकी मानन्धरलाई हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै सुप्रमा ईप्रमा साहित्यिक पुरस्कारका प्रायोजक मानन्धर परिवारलाई आभार व्यक्त गर्दै यस पुरस्कारको बारेमा प्रकाश पार्दै सबैलाई आधार तथा धन्यवाद प्रकट गरी कार्यक्रम समापन गरेका थिए ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम