न्यूयोर्कमा बलिहाङ तङनाम

न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा न्यूयोर्कमा बलिहाङ तङनाम मनाइएको छ ।

न्युयोर्कस्थित गुल्शन टेरेसमा नोभेम्बर १० मा भएको सो कार्यक्रम औपचारिक एवं डिजे गरी दुई खण्डमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गर्नु भएको थियो ।

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेको अध्यक्षतामा संचालित कार्यक्रममा अमेरिकास्थित महावाणिज्य दूताबासका महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो र कोलम्बिया युनिभर्सिटी न्युयोर्क अमेरिकाका प्रोफेसर डा प्रेम फ्याक विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । यस्तै, अमेरिकामा रहेका विभिन्न जातीय संस्थाहरु मगर समाज अमेरिकाका अध्यक्ष अमृत रोक्का, म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचन, भूमे पर्व समिति अमेरिकाका अध्यक्ष चक्र बुढामगर, घ्यालसुम्दो सेवा समाज अमेरिकाका अध्यक्ष चित्रकुमारी गुरुङ, किरात राई सोसाईटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका अध्यक्ष ममता खालिङ राई, तमु समाज अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात राई सोसाईटी अफ अमेरिकाका भूतपूर्व अध्यक्ष एवं समाजसेवी केशवराम राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र संचारकर्मी विक्की पुलामी आदि अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ-आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रिय विभूतिको रुपमा रहनु भएका विभूतिहरुको तस्विरमा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको प्रस्तुतिपश्चात संस्थाका उपाध्यक्ष विवश माङ्मुले आमन्त्रित सम्पूर्ण अतिथि एवं महानुभावहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भूतपूर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पूर्व सल्लाहकार लिला सिंघकको नेतृत्व र संस्थाका सुबास चोङ्बाङ, बिष्णु चोङबाङ, मौसम ईङनाम, पूर्ण खिम्दिङ, बन्दना तुम्बाहाङफे, केपी शेर्मा, रिना थाम्सुहाङ, सरोज थाङदेन, निलम योङहाङ जवेगु, भीमा देवान, विमल चेम्जोङ, रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो, पुरन पयाङ्गु, र सोनिया यकयुक लिम्बुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र लारिङगेक, नाम्लिङगेक (देउसी भैले) प्रस्तुत गरिएको थियो ।

कियाचु अमेरिकाको इतिहासमा पहिलोपल्ट कियाचु बालबालिका विभागका सदस्यहरु बानु तुम्बाहाङफे, सजना लिम्बु, रिना थाम्सुहाङ, दिक्षा जबेगु एवं अभिभावकहरुको सकृयतामा याक्थुङ लिम्बु जातिको मौलिक एवं परम्परागत भेषभूषाको सम्बन्धमा केही ज्ञान होस्, संस्कार संस्कृति परम्पराप्रति चासो गर्न हौसला मिलोस्, याक्थुङ संस्कार संस्कृति पुस्तान्तरण हुँदै जावस् भन्ने उद्देश्यले बालबालिकाहरुको याक्थुङ लिम्बु भेषभूषा सानदार रुपमा प्रदर्शन भएको थियो । कियाचु अमेरिकालाई विगत लामो समयदेखि विभिन्न तह तप्का र भूमिकामा रही तन मन वचन र कर्मले विशिष्ट सहयोग पुर्याउनु भएका महानुभावहरु लिला सिंघक, विजेता थेबे, सुबास चोङबाङ, बिष्णु चोङबाङ, भिमा देवान, निलम योङहाङ जबेगु, सरोज थाङदेन, रुपा याक्खा, राम लिम्बु, रिना थाम्सुहाङ लिम्बु, भुपेन्द्र अधिकारी, सोनिया यक्युक लिम्बु, सुम्निसामा मेन्याङबो, हिक्मत लिम्बु र सजना योङहाङ लिम्बुलाई वहाँहरुले संस्थाको वृत्ति विकासका लागि पुर्याउनु भएको योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरुबाट दोसल्लाका साथ सम्मान पत्र प्रदान गरी अभिनन्दन गरिएको थियो ।

बलिहाङ तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेबेले बलिहाङ तङनाम सम्पन्न गर्न विभिन्न भूमिकामा रहेर सहयोग गर्नुहुने संस्थाका सम्पूर्ण पदाधिकारीहरु, प्रायोजकहरु, अतिथिहरु, संचारकर्मीहरुप्रति आभार, कृतज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो ।

बलिहाङ तङनामको दोश्रो खण्डमा याक्थुङ लिम्बु भेषभूषा प्रदर्शनीमा सहभागी हुनुभएका बालबलिकाहरु नामबिनहाङ पयङ्गु, मिसुमहाङ्मा चेम्जोङ्,मिराक पयङ्गु, इरभान कार्की, प्राची बिसुन्खे, सारङ लिम्बु, सारगोप बिसुङ्खे,निस्चय लिम्बु राई, हाङ्सा सुब्बा,नियोन योन्जन,साक्निम खिम्दिङ्,नैया लावती, नामहाङ चेम्जोङ्,मुक्कुम तुम्बाहाम्फे,लिलिन तुम्बाहाम्फे, स्वर्निम लिम्बु राई, आरभहाङ लिम्बु कार्की, अर्या लिम्बु, खेम्सेक मावो लिम्बु, साम्योङ थेवे, मिसाम खिम्दिङ्, हिल्ली इवाहाङ् लिम्बु,प्रनभी थेवे,मिङ्नाम सुब्बा,सेलिना सुब्बा,उदिप्ती लिबाङ, नियोहाङ् लिबाङ्,लासाङ सुब्बा,दिलना थेवेलाई संस्थाका अध्यक्ष दिपक थेबेबाट प्रमाण पत्र वितरण गरिएको थियो भने चर्चित मोडेल एवं नृत्याङ्गना सोनिया यक्युक लिम्बु, गायिका शशिकला मोक्तान,गायक रेमोस अधिकारी लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री