
लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले शनिबार रिमेम्बरेन्स डे दिवस मनायो ।
अल्डरसटस्थित प्रिन्सेस गार्डेन सर्जरीमा बिहान १० बजेर ४० मिनेट देखि सुरु भएको सो कार्यक्रम स्थानीय गोर्खा लजिष्टिक कम्पनीका सैनिकहरुले मार्चपासबाट आरम्भ भएको थियो । त्यसपछि कम्युनिटीका अध्यक्ष मन गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिहरु रुसमोर बोरो काउन्सिलका मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड र समाजका अध्यक्ष तथा प्रतिनिधिहरु र सहभागीहरु क्रमवद्ध भई मार्च पासमा अघि बढेका थिए ।
भिसी कुलवीर थापाको मूर्ति अगाडि सहभागीहरु जम्मा भएका थिए । त्यसलगत्तै कार्यक्रम संयोजक क्या रि ग्यारी घलेले अंग्रेजीमा हाम्रो पुर्खाहरुले नेपाल ब्रिटिश र मानव जगतको रक्षाको लागि धेरै मूल्य चुकाएको र वहाँहरुको सम्मान तथा सम्झनामा कार्यक्रम गरिएको जानकारी दिएका थिए ।
त्यसैगरी कार्यक्रमको सहसंयोजक मेजर रि खिमप्रसाद गौचनले दोस्रो विश्व युद्धको चिहान घरमा वाचन गरेको कविता सुनाए ।
क्युआरएलजीएसका पण्डित शिवचन्द्र निरौला एमबीईले हिन्दु धर्म अनुसारको र लामागुरु खेन्पो कर्मा चुस्त्रिमले अष्ठमंगलम मन्त्र पढी आत्माशान्ति र मानव र प्राणी जगतको सुख शान्तिको कामना गरे।
कार्यक्रम संयोजन क्या.रि.ग्यारी घलेले गरेका थिए भने उपाध्यक्ष उत्तरबहादुर गुरुङ, मेजर रि.खिम गौचनले सहसंयोजन गरेका थिए।
कार्यबाहक महासचिव सुशीला थापामगर, कार्यबाहक कोषाध्यक्ष जित मेयांबो, मेडिया सहसंयोजक इजरा श्रेस्ठ, उपाध्यक्ष लीला सेलिङ्ग माबो, सल्लाहकार ओम थापा, तोप पल्ली, धनमाया गुरुङ, क्या ताम ढेगा, बिष्णु श्रेष्ठ, जीव बेलबासे र रामचन्द्र गुरुङ आदि र बीएफबीएस रेडियोको प्रस्तोता श्रीमती आशा पुन, लण्डन नेपाल न्यूजले कार्यक्रमलाई सहयोग गरेको अध्यक्ष गुरुङले बताए । त्यसैगरी काउन्सिलरहरु, प्रथम भिसी कुलवीर थापाको प्रतिमाको निर्माता यमी गुडम्यान, नेपाली समाजका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानीयबासीहरु, ब्यवसायीहरु, सामाजिक अभियन्ताहरु, गोर्खा आमा समूह अल्डरसट एम्पायर हलको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्णलाई अध्यक्ष गुरुङले धन्यवाद दिए।

नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने