
नेपाल रन २०२३को टीसर्ट सार्वजनिक गर्दै धावक मीरा राई र एस्टार फाइनान्सियल सोल्युसन्सका मीन दर्लामी
लण्डन । बेलायतमा हुन लागेको दोस्रो नेपाल रन नोभेम्बर ५ तारिखमा लण्डनमा हुने भएको छ ।
इङल्याण्ड एथलेटिक्समा आवद्ध संस्था नेपाल रनले आयोजना गरेको १० किलोमिटर लामो दौड नर्थोल्टस्थित नर्थाला फिल्ड पार्कमा बिहान १० बजे शुरु हुने छ ।
यसपटकको दौडमा मुख्य अतिथि कीर्तिमानी अल्ट्रा म्याराथन धावक मीरा राई हुनुहुन्छ भने अर्का अल्ट्रा म्याराथन धाक तेन्जी शेर्पा पनि सो दौडका लागि बेलायत आउनुभएको छ ।
आयोजकहरूका अनुसार सो दौडमा हालसम्म २५९ धावकले नाम दर्ता गरिसकेका छन् । दौडमा भाग लिन चाहनेहरूले विहीबार २ नोभेम्बरसम्म नेपाल रनको वेभसाइटमा गई नाम दर्ता गराउन सक्नुहुनेछ ।
दौडमा भाग लिनका लागि नेपाल रन युकेका सदस्यहरूलाई २० पाउण्ड, इङ्ल्याण्ड एथलेटिक्स आवद्ध सदस्यहरूलाई २३ पाउण्ड र बाँकीलाई २५ पाउण्ड शुल्क तोकिएको छ । साथै १ पाउण्ड प्रशासनिक खर्च लाग्ने छ ।
दौडको मुख्य प्रायोजक एस्टार फाइनान्सियल सोल्युसन्स रहेको छ ।
दौडमा विजेतालाई अन्नपूर्ण म्याराथन २०२४ मा दौडने मौका दिइने छ भने मुख्य विधामा पहिलो, दोस्रो र तेस्रो हुने महिला र पुरुषलाई ट्रफी दिइने छ भने ४० वर्ष माथिका भेट्रानतर्फ महिला र पुरुष विजेतालाई ट्रफी दिइनेछ । सुपर भेट्रान ६० वर्षमाथिका महिला पुरुष विजेतालाई ट्रफी दिइने छ ।
नेपाल रनका कोच सन्तोष राईले यसपटक विगतको दौडबाट सिकेको पाठलाई ग्रहण गर्दै दौडलाई थप व्यवस्थित बनाइएको जानकारी दिए । उनले दौडमा स्वास्थ्यसम्बन्धी आउनसक्ने समस्यालाई विचार गर्दै पर्याप्त चिकित्सक र नर्सहरूको ब्यवस्था गरिएको बताए ।
नेपाल रन युकेका कोअर्डिनेटर पाण्डव महतोले नेपाल रन बेलायतको नेपाली समुदायमा स्वास्थ्य र तन्दुरूस्ती बारेमा जनचेतना जगाउन आयोजना गरिएको बताए । उनले दौडका प्रायोजक सबैलाई हार्दिक धन्यवाद दिए ।
नेपाल रनका सल्लाहकार शिव सैँजुले दौडले सबैलाई एकसुत्रमा जोड्ने बताए ।
दौडका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजक एस्टार फाइनान्सियल सोल्युसन्सका प्रिन्सिपल मीन दर्लामीमगरले नेपाल रन २०२३को टी-सर्ट सार्वजनिक गर्नुभयो । मीरा राईले ट्रफी सार्वजनिक गर्नुभयो ।

६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त