
लण्डन । सहिद रिदामाहाङ र राम्लिहाङ आठपहरियालाई बेलायतमा अभियन्ताहरूले सम्झेका छन् ।
सन् २०१९ बाट सहिदको नाममा स्मृति सभा गर्दै आएका अभियन्ताहरूमध्येका एक विश्वासदीप तिगेलाले सहिदको फोटोमा माल्यार्पण गरेको बताए ।
धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १५७ र्औँ स्मृति दिवसको अवसर पारेर मङ्गलबार बेलायतमा स्मृति सभा राखिएको उनले जनाए । ‘हिन्दू शाषकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ किरात याक्थुङ चुम्लङ यूकेका पूर्व सचिव तिगेलाले भने, ‘गैरहिन्दू आदिवासी मूलवासीमाथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भए पनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।
त्यसैगरी, नै धनकुटामा रहेको चुलिवनमा सहिदहरूको प्रतिमामा माल्यार्पण कार्यक्रम समेत गरिएको आदिवासी अधिकारकर्मी एवम पत्रकार निमा पोङ्सुवाले बताए । उनले बुधबार बिहानै आदिवासी आठपहरीया महिलाहरूको विशेष सक्रियतामा सहिदहरूको स्मरण र प्रतिमामा माल्यार्पण गरिएको जनाए । नेपालमा पनि विगत तीन वर्षदेखि सहिद रिदामा र राम्लिहाङको स्मरण गरिँदै आइएको छ ।
मङ्गलबार र बुधबार नेपाली समाचार डट कमको आयोजनामा दसैँको विकल्पबारे भर्चुअल अन्तरक्रिया समेत राखिएको थियो ।
अन्तरक्रियामा किरात याक्थुङ चुम्लुङ नेपाल अध्यक्ष प्रेम येक्तेन, कियाचु यूके अध्यक्ष नरवीर आङ्वो, एनआरएनए यूके उपाध्यक्ष भरतमणि चोङवाङ, लिम्बुवान नागरिक समाज यूके अध्यक्ष छत्र वनेम, महासचिव लाहाङ चेम्जोङ, अभियन्ता जहरमान थुप्पोको थेवे लगायतको सहभागिता रहेको थियोे ।
पत्रकार एवम इतिहासका अध्येता राजकुमार दिक्पालका अनुसार वि सं १९३३ मा दसैँ नमान्दा रिदामा र राम्लिहाङ आठपहरीयालाई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको आदेशमा धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन