
लण्डन । सहिद रिदामाहाङ र राम्लिहाङ आठपहरियालाई बेलायतमा अभियन्ताहरूले सम्झेका छन् ।
सन् २०१९ बाट सहिदको नाममा स्मृति सभा गर्दै आएका अभियन्ताहरूमध्येका एक विश्वासदीप तिगेलाले सहिदको फोटोमा माल्यार्पण गरेको बताए ।
धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १५७ र्औँ स्मृति दिवसको अवसर पारेर मङ्गलबार बेलायतमा स्मृति सभा राखिएको उनले जनाए । ‘हिन्दू शाषकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ किरात याक्थुङ चुम्लङ यूकेका पूर्व सचिव तिगेलाले भने, ‘गैरहिन्दू आदिवासी मूलवासीमाथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भए पनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।
त्यसैगरी, नै धनकुटामा रहेको चुलिवनमा सहिदहरूको प्रतिमामा माल्यार्पण कार्यक्रम समेत गरिएको आदिवासी अधिकारकर्मी एवम पत्रकार निमा पोङ्सुवाले बताए । उनले बुधबार बिहानै आदिवासी आठपहरीया महिलाहरूको विशेष सक्रियतामा सहिदहरूको स्मरण र प्रतिमामा माल्यार्पण गरिएको जनाए । नेपालमा पनि विगत तीन वर्षदेखि सहिद रिदामा र राम्लिहाङको स्मरण गरिँदै आइएको छ ।
मङ्गलबार र बुधबार नेपाली समाचार डट कमको आयोजनामा दसैँको विकल्पबारे भर्चुअल अन्तरक्रिया समेत राखिएको थियो ।
अन्तरक्रियामा किरात याक्थुङ चुम्लुङ नेपाल अध्यक्ष प्रेम येक्तेन, कियाचु यूके अध्यक्ष नरवीर आङ्वो, एनआरएनए यूके उपाध्यक्ष भरतमणि चोङवाङ, लिम्बुवान नागरिक समाज यूके अध्यक्ष छत्र वनेम, महासचिव लाहाङ चेम्जोङ, अभियन्ता जहरमान थुप्पोको थेवे लगायतको सहभागिता रहेको थियोे ।
पत्रकार एवम इतिहासका अध्येता राजकुमार दिक्पालका अनुसार वि सं १९३३ मा दसैँ नमान्दा रिदामा र राम्लिहाङ आठपहरीयालाई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको आदेशमा धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा