
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले वेल्स राज्य समन्वय परिषदको सहकार्यमा कार्डिफमा दसैं विशेष कार्यक्रम गरेको छ ।
गत आइतबार पञ्चे बाजासहित सांस्कृतिक माहोलमा आयोजित कार्यक्रममा सयौं सहभागी थिए । प्रवेशद्वारमा अतिथिहरुलाई पन्चेबाजा बजाउँदै स्वागत गरिएको थियो ।
एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र स्थानीय समाजसेवी झलक गर्बुजाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
मन्तव्यका क्रममा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष गाहामगरले दसैं शुभकामना दिंदै कार्यक्रममा उत्साहजनक उपस्थितिका लागि सबैप्रति विशेष आभार ब्यक्त गरे । उनले नेपाली चाडपर्व र कला संस्कृतिको जगेर्नामा आफ्नो संस्था सधैं क्रियाशील रहने पनि बताए । एनआरएनए यूकेले वेल्समा आफ्नो बेग्लै साम्राज्य खडा गरेको र यो झन् मजबुत बन्दै गएको उनको भनाइ थियो ।
कार्यक्रममा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुन, एनआरएनए यूके उपाध्यक्ष अमृत घले, एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा, संरक्षक डेविड गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, समाजसेवी झलक गर्बुजा लगायतले पनि शुभकामना दिएका थिए ।
धौलागिरी नौमती बाजा घन्किएको कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु देवी घर्ती र ईश्वर सिंहले आफ्नो प्रस्तुतिमार्फत धमाका मच्चाएका थिए । उनीहरुको गायनमा सहभागी मज्जाले नाचे ।
प्रवक्ता लक्ष्मी तामाङले संचालन गरेको कार्यक्रममा स्थानीय वेल्सवासी र इङल्यान्डका नेपालीकोसमेत उल्लेख्य सहभागिता थियो । कार्यक्रमका लागि एनआरएनए यूके केन्द्रिय पदाधिकारी पनि वेल्स पुगेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा