
लण्डन । पासा पुचः गुथी युकेले बेलायतमा ‘मोहनी’ पर्वको आयोजना गरेको छ ।
ह्यारो फुटबल क्लव, लण्डनमा अक्टोबर १५ मा आयोजना गरिएको सो समारोह ‘म्यूजिक, मस्ती र मोहनी’ अवधारणामा मनाइएको थियो । समारोहमा महिलाहरुले हाकुपटासीको विम्वका रुपमा कालो र रातो कपडा लगाएका थिए ।
करिब १०० जनाको उपस्थिति रहेको सो समारोहमा गुथीका ज्येष्ठ सदस्य श्रीमती रेणु मानन्धरले आर्शिवाद दिएकी थिइन् । समारोहमा टीका, कोखा, समयबजी, छोयला, बारा, अचार, अण्डा, बजी लगायतको परम्परागत नेवारी परिकारहरु उपलब्ध गराइएको थियो ।
गुथीले पहिलोपटक ‘डिनर र डान्स’को आयोजना गरेको जनाएको छ । चर्चित गीतका साथमा डिजे हेम विष्टले समारोहलाई उर्जाशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा पुरुष र महिलातर्फ उत्कृष्ट नृत्यकारहरुका साथै राम्रो लुगा लगाउने महिला र पुरुष, राम्रो लुगा लगाउने बालक र बालिकालाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गुथीका बोर्ड अफ डाइरेक्टरका अध्यक्ष सुशील प्रजाति तथा गुथीका अल्डरसटका महासचिव प्रजेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
आयोजकले उपस्थित सबैलाई धन्यवाद दिएका छन् । जसमा गीत तथा नृत्य प्रस्तुत गर्नेमा श्याम मानन्धर, शशी मानन्धर, दिनश तुलाधर, ईश्वर श्रेष्ठ, सन्नी शाही, अमृता गिरी, सबु सेन्चुरी, गीता पाण्डे, रोशना कार्की, आस्था जोशी रहेका छन् ।
यस्तै प्रायोजकहरुमा रेणु मानन्धर, श्याम मानन्धर, सुशील प्रजापति, फोटोग्राफर आशिष श्रेष्ठ, डिजे हेम विष्ट, निर्णायकहरु शशी मानन्धर, श्याम मानन्धर, सचेतन तुलाधर रहेका छन् । खाद्यतर्फ मन्दिरा मानन्धर, रुक्मिणी मानन्धर, अमिता श्रेष्ठ, पब्लिका श्रेष्ठ, एन्जिला श्रेष्ठ, मधुसुदन कायस्थ, ओजेश डंगोल, आस्था जोशीm लिसा दली श्रेष्ठ, सन्दिप तुलाधर र किरण मानन्धर रहेका छन् भने स्वयंसेवकहरुमा पवित्रा तुलाधर, मेनका श्रेष्ठ, लसता तुलाधर, जीत मानन्धर, ससित श्रेष्ठलाई पनि धन्यवाद दिइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा