
काठमाडौं । गैर आवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसीप प्रदान गरेको छ । संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समीक्षा गर्न ६ विषयमा फेलोसीप प्रदान गरिएको हो।
काठमाडौंमा पत्रकार सम्मेलनबीच गैर आवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार गर्ने ति पत्रकारलाई फेलोसीप प्रदान गरिएको छ।
फेलोसीपबाट प्राप्त रिपोर्ट गैरआवासीय नेपाली संघको विशेष प्रकाशनमा छापिएका छन।
नेपाली भाषा र साहित्य प्रवर्धनका लागि विदेशमा रहेका नेपाली समुदायको योगदान विषयमा लन्डन रहेका कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेलले रिपोर्ट तयार गरेका छन।
फेलोसीप पाउनेमा रातोपाटी डटकमका राजकुमार सिग्देल छन। उनले विगतदेखि वर्तमानसम्म परोपकारी काममा गैरआवासीय नेपाली संघको भूमिका विषयमा रिपोर्ट तयार गरेका छन।
विगत २० वर्षको अवधिमा गैरआवासीय नेपालीले आर्थिक प्रवर्धनका क्षेत्रमा गरेको योगदान तथा प्रविधि हस्तान्तरणको विषयमा नेपालखबरडटकममा आवद्ध पत्रकार वसन्त अर्यालले उजागर गरेका छन।
कान्तिपुर टेलिभिजनकी पत्रकार अञ्जना लामिछानेले गैरआवासीय नेपालीहरूका लागि ल्याइएका हालसम्म भएका नीतिगत तथा कानूनी व्यवस्था र उपलब्धिहरु जस्तै, एनआरएनए ऐन, एनआरएनए नागरिकता, मताधिकार एनआरएन इन्भेष्टमेन्ट आदि विषय समेटेकी छन।
ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध अंगराज न्यौपानेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि संघ र नेपाल सरकारको समन्वयमा भएका नीतिगत सुधारहरु, संघको भूमिका तथा अब गर्नुपर्ने पहलको विषयमा रिपोर्ट लेखेका छन।
त्यस्तै, गैरआवासीय नेपाली अभियानमा महिला र युवाहरुको सहभागिता तथा योगदान विषय अन्नपूर्ण पोष्टकी तारा चापागाईंले समेटेकी छन।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]