
काठमाडौं । गैर आवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसीप प्रदान गरेको छ । संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समीक्षा गर्न ६ विषयमा फेलोसीप प्रदान गरिएको हो।
काठमाडौंमा पत्रकार सम्मेलनबीच गैर आवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार गर्ने ति पत्रकारलाई फेलोसीप प्रदान गरिएको छ।
फेलोसीपबाट प्राप्त रिपोर्ट गैरआवासीय नेपाली संघको विशेष प्रकाशनमा छापिएका छन।
नेपाली भाषा र साहित्य प्रवर्धनका लागि विदेशमा रहेका नेपाली समुदायको योगदान विषयमा लन्डन रहेका कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेलले रिपोर्ट तयार गरेका छन।
फेलोसीप पाउनेमा रातोपाटी डटकमका राजकुमार सिग्देल छन। उनले विगतदेखि वर्तमानसम्म परोपकारी काममा गैरआवासीय नेपाली संघको भूमिका विषयमा रिपोर्ट तयार गरेका छन।
विगत २० वर्षको अवधिमा गैरआवासीय नेपालीले आर्थिक प्रवर्धनका क्षेत्रमा गरेको योगदान तथा प्रविधि हस्तान्तरणको विषयमा नेपालखबरडटकममा आवद्ध पत्रकार वसन्त अर्यालले उजागर गरेका छन।
कान्तिपुर टेलिभिजनकी पत्रकार अञ्जना लामिछानेले गैरआवासीय नेपालीहरूका लागि ल्याइएका हालसम्म भएका नीतिगत तथा कानूनी व्यवस्था र उपलब्धिहरु जस्तै, एनआरएनए ऐन, एनआरएनए नागरिकता, मताधिकार एनआरएन इन्भेष्टमेन्ट आदि विषय समेटेकी छन।
ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध अंगराज न्यौपानेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि संघ र नेपाल सरकारको समन्वयमा भएका नीतिगत सुधारहरु, संघको भूमिका तथा अब गर्नुपर्ने पहलको विषयमा रिपोर्ट लेखेका छन।
त्यस्तै, गैरआवासीय नेपाली अभियानमा महिला र युवाहरुको सहभागिता तथा योगदान विषय अन्नपूर्ण पोष्टकी तारा चापागाईंले समेटेकी छन।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार