
लण्डन । बेलायतका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रसको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र सेनाध्यक्ष स्यान्ड्रसबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट र छलफल भएको छ ।
भेटका क्रममा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो ।
सो क्रममा बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसबाट नेपाली सेनाको पेशागत क्षमताको अभिवृद्धि,विकास तथा विस्तारमा सदैव सहयोग रहने बताउनु भयो । छलफलमा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोष ढकाल,सैनिक सहचारीहरु सहायक रथी रत्न बहादुर गोदार र कर्नेल पल स्मिथ पनि सहभागी हुनुहुन्थ्यो ।
यसैगरी,प्रधान सेनापति शर्माले बेलायतस्थित रोयल कलेज अफ डिफेन्स स्टडिजको समेत भ्रमण गर्नु भयो । सो क्रममा कलेजका कमानडेन्ट लेफ्टिनेन्ट जनरल(अवकाश)सर जर्ज नर्टनले स्वागत गर्नु हुँदै कलेजको शैक्षिक अध्यापन र बहुआयामिक पक्षबारे जानकारी गराउनु भएको थियो ।
प्रधान सेनापति शर्माको सम्मानमा लण्डनस्थित नेपाली राजदूतावासमा एक कार्यक्रम गरिएको थियो । सो क्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत र नेपालबीचको द्धिपक्षीय आर्थिक,सामाजिक र सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । नेपाली सेनाबाट विश्व शान्ति स्थापना,दैवी प्रकोप व्यवस्थापन,विकास निर्माण लगायतका क्षेत्रमा स्वदेश र विदेशमा पुर्याएको योगदानका बारेमा पनि उहाँले चर्चा गर्नु भयो ।
सो क्रममा प्रधान सेनापति शर्माले नेपाली राजदूतावासमा सैनिक सहचारीको रुपमा कार्यरत महासेनानी रत्न बहादुर गोदारलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्हसमेत प्रदान गर्नु भएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा