
लन्डन । एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक राष्ट्र राईको सम्झनामा शोक सभा गरेको छ ।
शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभामा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो ।
सभामा सहभागीले बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता राईको असामयिक निधनले समाजमा ठूलो क्षति पुगेको बताए । उनीहरुले राईप्रति पुष्पगुच्छा र दीप प्रज्वलन गरेर श्रद्धान्जली अर्पण गरे ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको सभापतित्वमा भएको शोक सभामा पूर्व ब्रिटिश गोर्खा आकाश सुनुवारले स्वर्गीय राईको व्यक्तिगत तथा सामाजिक जीवनबारे चर्चा गरेका थिए ।
कार्यक्रममा ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) का अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवानले भूतपूर्व गोर्खाहरुले आफ्ना सहयोद्धा र नेपाली
समुदायले एक सच्चा राष्ट्रप्रेमी गुमाउनु पर्दा निकै पीडा महशुस गरेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा रानाले राईको स्मृतिमा कविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा निकै भावुक रुपमा प्रस्तुत भएका अध्यक्ष गाहामगरले मास्टर रास्ट्र राईको निधनले संस्थाले एक निकट सदस्यमात्र नगुमाई नेपाली समाजले नै एक असल र निष्ठावान समाजसेवी गुमाएको उल्लेख गरे । सो अवसरमा अध्यक्ष गाहामगरले राष्ट्र राईका भाइ राजेश राईलाई स्वर्गीय राईको तस्वीर र शोक पुस्तिका पनि हस्तान्तरण गरेका थिए ।
महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको उक्त कार्यक्रममा पाइपर धुन र मौनधारण गरि स्वर्गीय राईप्रति श्रद्धान्जली अर्पण गरियो ।
१३ वर्षीया साया राईले पाइपर धुन बजाउंदा त्यहां सन्नाटा छाएको थियो ।
सन् १९६५ अप्रिल १९ मा खोटाङ दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका ९ मा जन्मिएका राईको गत सेप्टेम्बर २१ मा हृदयाघातका कारण निधन भएको थियो ।
एनआरएनए यूकेको सन् २०१५–२०१७ कार्यकालका उपाध्यक्ष राई बेलायतमा धरै ठाउँमा फैलिएको सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक थिए । सन् १९८३ मा ब्रिटिश आर्मीमा भर्ती भएका राईले ब्रिगेड अफ गोर्खाजभित्र तेक्वान्दो खेल स्थापित गरेका थिए ।
दिवंगत माष्टर राई तेक्वान्दो सिक्स्थ डान (डब्लुटिएफ, आइटिएफ) हुन् । उनले ब्रिटिश आर्मीमा छंदा धेरै प्रतियोगिता जितेर अवार्ड प्राप्त गरेका थिए ।
नेपाली समुदायमा उनलाई स्पष्ट र खरो बोल्ने व्यक्तिका रुपमा लिइन्थ्यो । उनी चित्र कोर्न पनि सिपालु थिए । उनको एउटा चित्र २० हजार पाउण्डमा विक्री भएको र राईले उक्त चित्रबाट प्राप्त पैसा च्यारिटीमै खर्च गरेका थिए।
पूर्व बेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती सवनम राई, एक छोरा रेस्वन र एक छोरी छन्।
राईको अन्त्येष्टी किराती मुन्दुम संस्कार अनुसार आउंदो अक्टोबर २० तारिख ब्रोम्पटन जिलिङहामको ग्यारिसन चर्चमा गरिने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा