
काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक कृष्ण केदेमको जीवन अनुभूतिहरूको किताब ‘एउटा गाउँले ठिटो’ सार्वजनिक भएको छ ।
सोमबार पुतलीसडकस्थित ग्रीनलिफ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी लुमुम्बू, दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राई, प्राज्ञ नन्दु उप्रेती र लेखक स्वयंले उक्त किताब सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै अश्कले साहित्यमा कथा लेखिन्छ, कथामा सर्वनाम पात्र राखेर लेख्न सकिन्छ र कथा काल्पनिक हुन्छ्, कसैसँग मेल खाएमा संयोग मात्र हुन्छ भनेर उम्कन मिल्न सकिने भए पनि अनुभूति तथा संस्मरण विधामा भने लेखकको नितान्त आफ्नो कथा हुने बताए ।
दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राईले साहित्यको निबन्ध विधाभित्र संस्मरण, नियात्रा आदि पर्ने बताउँदै निबन्ध विधामा कलम चलाउनु साहित्यभित्रको सशक्त विधामा लेख्नु हो’ भन्ने विचार व्यक्त गरे ।
प्राज्ञ नन्दु उप्रेतीले केदेमको किताबले ताप्लेजुङदेखि विश्वका विभिन्न ठाउँ घुमाएको बताए । उनले आफू पनि लिम्बू समुदायसँग हुर्किएकोले लिम्बू रीति, संस्कृतिसँग परिचित भएको बताए ।
लेखक केदेमले जीवन भोगाइको क्रमलाई लेख्नुपर्छ भन्ने लागेर लेखेको बताए । आफ्नो जीवनको भोगाइमात्रै नभएर विदेशमा देखेको, सिकेको कुरालाई नेपालमा के कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पनि किताबमा उल्लेख गरेको बताए ।
संगीतकार वसन्त मुकारुङ, साहित्यकार प्रेम रिबुसाल राई, गायक दीपक लिम्बू, किरात याक्थुङ चुम्लुङ काठमाडाँैका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, कोशी प्रदेश प्रमुखका प्रमुख देवेन्द्र खापुङ, कवि शुक्र राईलगायतको उपस्तिथि रहेको कार्यक्रम एलिसा ढुंगानाको सञ्चालन गरेकी थिइन् । कार्यक्रम प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सम्पन्न भएको थियो ।
किताब रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । ३२० पृष्ठको पृष्ठको किताबको मूल्य रु. ५९५ रहेको छ ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]