
लन्डन । बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ ।
सोसाइटीले ‘के सही भयो ? नेपालको जलविद्युत विकासमा दिगोपन विरुद्ध परनिर्भरता’ पुस्तकका लेखक प्राध्यापक मार्क लिक्टीलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।
पुरस्कार विजेता प्राध्यापक लिक्टी नेपालको आधुनिक संस्कृति र इतिहासमा अनुसन्धान विशेषज्ञता भएका विशेषज्ञ हुन्। उनी अमेरिकाको शिकागोस्थित इलिनोय विश्वविद्यालयमा मानवविज्ञान र इतिहास विभागका प्राध्यापक हुन्।
सोसाइटीले गत वर्ष नेपालबारे अंग्रेजीमा प्रकाशित कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्ने गरी प्रा. सुवेदीको नाममा वार्षिक पुरस्कार स्थापना गरेको थियो । संसारभरबाट नेपालसम्बन्धि उत्कृष्ट, अनुसन्धानमूलक कृतिलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।
प्राध्यापक सुवेदीले नेपालबारे सकारात्मक सन्देश दिने पुस्तकका लेखकलाई आफ्नो नाममा स्थापित पुरस्कार दिइएकोमा खुशी व्यक्त गर्दै विजेतालाई बधाइ दिएका छन् ।
संस्कृतका विद्वान हेनरी टमस कोल्ब्रुकले सन् १८२३ मा स्थापना गरेको सोसाइटीले यस वर्ष (सन् २०२३ मा) आफ्नो स्थापनाको २०० औं वर्षगाँठ मनाउँदै छ। नोबेल पुरस्कार विजेता भारतीय कवि रबिन्द्रनाथ टेगोर, प्राचीन ‘सिल्क रोड’ पत्ता लगाएका प्रसिद्ध पुरातत्वविद् सर अरियल स्टेन तथा ‘कामसूत्र’ लाई अंग्रेजीमा अनुवाद गर्ने विद्वान सर रिचार्ड बर्टन पनि उक्त सोसाइटीका सदस्य थिए।
सोसाइटीले एसियाली इतिहास, भाषा, संस्कृति र धर्मबारे अध्ययन, अनुसन्धान र प्रकाशनलाई सघाउनुका साथै विभिन्न विषयमा व्याख्यान तथा सेमिनारहरु पनि आयोजना गर्दछ।
हाल बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सुवेदी अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि उपाधिसमेत हासिल गर्ने प्राज्ञिक व्यक्तित्व हुन् ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]