
लण्डन । ग्रेटर रस्मूर नेपाली कम्मुनिटी र ब्ल्याकवाटर भ्याली रनर्सको संयुक्त आयोजनामा शनिबार सम्पन्न रस्मूर वेल्लेस्ले दौडमा करिब ७०० धावकले भाग लिएका छन् ।
दश किलोमिटर ९टेन के० र दुई किलोमिटर ९टु के० गरी दुई समूहमा दौड गराइएको थियो । १० केतर्फ ६२० जनाले भाग लिएका थिए भने २ केमा १०० जनाभन्दा बढीले भाग लिएका थिए ।
१० के दौडमा नेपाली मूलका सन्देश राई प्रथम भए भने म्याथु किङ्ग द्वितीय र रिचर्ड विलियम तृतीय भए । राई यसअघि पनि सो दौडमा उपविजेता भइसकेका थिए ।
रसमुरमा यो दौड विगत आठ वर्षदेखि हुँदै आएको छ।
१० केतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार पनि दिएको थियो।
१० के दौड प्रतियोगितामा भाग लिन घ्२० र टिकटको लागि छुट्टै घ्२ तिर्नु पर्थ्यो भने २ के निशुल्क थियो ।
दौडमा नेपालीहरुको बाक्लो र धेरै युवाहरुको सहभागिता थियो भने २ के मा बयोवृद्ध बाबा आमाहरुले पनि भाग लिएका थिए ।
जीआरएनसीले मार्शलको जिम्मा, साइन टाँस्ने र ब्ल्याकवाटर भ्यालीलाई सहयोग गरेको थियो।
मार्शल टीमको संयोजन उपाध्यक्ष उत्तरबहादुर गुरुङले गरेका थिए भने कार्यसमिति, सल्लाहकार, युवाहरु र पेन्सनर बाबाआमाहरुले सहयोग गर्नु भएको थियो।
स्वयंसेवकहरूलाई निसुल्क खाना प्रायोजन कार्यसमिति सदस्य सुषमा गुरुङ र पूर्व अध्यक्ष रोहित गुरुङले गर्नुभएको थियो।
जीआरएनसीका अध्यक्ष मन गुरुङले सबैको सहयोगको लागि आभार प्रकट गरे ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा