
लण्डन । पूर्व गोरखा सैनिककी छोरी एसिया गुरुङ बेलायतमा प्रोपर्टी व्यवसायमा प्रवेश गरेकी छिन् ।
उनले तिम्रो स्टेट नाम गरेको प्रोपर्टी कम्पनी भर्खरै शुरु गरेकी छिन् ।
तिम्रो स्टेटले युकेभर लगानीमा उच्च प्रतिफल (आरओइ) दिने प्रोपर्टीहरु खोज्नमा विशेषज्ञता हासिल गरेको उनले बताएकी छिन् । यसका अलावा विभिन्न किसिमका प्रोपर्टीहरु जस्तै आवासीय, व्यावसायिक, भाडामा दिने, धेरैवटा परिवार बस्न मिल्ने प्रोपर्टीहरु, सेवायुक्त आवास, भाडामा घर लिएर भाडामा दिने, जग्गा र नयाँ घर बनाउने योजनाहरुमा पनि सो प्रोपर्टीले सेवा दिने छ ।
कानुन विषयको अध्ययन गर्दागर्दै स्वतन्त्र प्रोपर्टी एजेन्ट बन्ने निर्णय गरेर यस व्यवसायमा होमिएकी उनले प्रोपर्टी सम्बन्धी प्रशिक्षण र सबै आवश्यक पाठ्यक्रमहरू पूरा गरेको बताएकी छिन् ।
आफू सकेसम्म धेरै मानिसहरूलाई मद्दत गर्न कटिबद्ध रहेको र विशेषगरी नेपाली समुदायका लागि सहयोग गर्ने चाहना रहेको उनको भनाइ छ । नेपाली समुदायसित प्रोपर्टीसम्बन्धी ज्ञानको कमी र भाषाको अवरोधको समस्या पनि रहेको उल्लेख गर्दै उनले भनिन्, -‘यी समस्या समाधान गर्न म आएकी छु ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा