
लण्डन । पूर्व गोरखा सैनिककी छोरी एसिया गुरुङ बेलायतमा प्रोपर्टी व्यवसायमा प्रवेश गरेकी छिन् ।
उनले तिम्रो स्टेट नाम गरेको प्रोपर्टी कम्पनी भर्खरै शुरु गरेकी छिन् ।
तिम्रो स्टेटले युकेभर लगानीमा उच्च प्रतिफल (आरओइ) दिने प्रोपर्टीहरु खोज्नमा विशेषज्ञता हासिल गरेको उनले बताएकी छिन् । यसका अलावा विभिन्न किसिमका प्रोपर्टीहरु जस्तै आवासीय, व्यावसायिक, भाडामा दिने, धेरैवटा परिवार बस्न मिल्ने प्रोपर्टीहरु, सेवायुक्त आवास, भाडामा घर लिएर भाडामा दिने, जग्गा र नयाँ घर बनाउने योजनाहरुमा पनि सो प्रोपर्टीले सेवा दिने छ ।
कानुन विषयको अध्ययन गर्दागर्दै स्वतन्त्र प्रोपर्टी एजेन्ट बन्ने निर्णय गरेर यस व्यवसायमा होमिएकी उनले प्रोपर्टी सम्बन्धी प्रशिक्षण र सबै आवश्यक पाठ्यक्रमहरू पूरा गरेको बताएकी छिन् ।
आफू सकेसम्म धेरै मानिसहरूलाई मद्दत गर्न कटिबद्ध रहेको र विशेषगरी नेपाली समुदायका लागि सहयोग गर्ने चाहना रहेको उनको भनाइ छ । नेपाली समुदायसित प्रोपर्टीसम्बन्धी ज्ञानको कमी र भाषाको अवरोधको समस्या पनि रहेको उल्लेख गर्दै उनले भनिन्, -‘यी समस्या समाधान गर्न म आएकी छु ।’
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ