
लण्डन । तालिमका क्रममा निधन भएका बेलायती सैनिक नविन थापाको मृत्युका बारेमा बेलायती सांसदले प्रश्न उठाएका छन् ।
बेलायती संसद हाउस अफ कमन्समा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका संयोजक समेत रहेका इलिङ तथा साउथहलका सांसद बीरेन्द्र शर्माले विहीबार साँझ सामाजिक सन्जालमा बेलायती सेनामाथि प्रश्न गरेका हुन् ।
सांसद शर्माले एक्स (पहिलेको ट्वीटर)मा लेख्दै सेनामा भर्ना हुने र यो देशलाई सुरक्षित राख्नेहरूलाई सुरक्षित राख्नुपर्ने सेना (बेलायती) को नेतृत्वको दायित्व भएको उल्लेख गरेका छन् । नविन थापामगरप्रति श्रद्धान्जलि र परिवारमा समवेदना व्यक्त गर्दै उनले बेलायती सेनामाथि जवाफ दिनुपर्ने गम्भीर प्रश्न तेर्सिएको बताएका छन् ।

यसअघि बुधबार बेलायती रक्षा मन्त्रालयले तालिमका क्रममा थापाको निधन भएको जानकारी दिएको थियो ।
सिक्स रेजिमेन्ट द रोयल लजिष्टिक कर्प्समा कार्यरत ३५ वर्षीय थापाको सेप्टेम्बर २१ मा निधन भएको मन्त्रालयले बताएको छ । तर उनको कसरी मृत्यु भयो भन्ने केही उल्लेख छैन ।
बीबीसीले हम्बरसाइड प्रहरीलाई उल्लेख गर्दै थापाको निधनको कारण ‘अस्पष्ट’ रहेको बताएको छ । प्रहरीका प्रवक्ताका अनुसार केलीथोर्प भन्ने स्थानमा प्रहरीलाई २१ सेप्टेम्बर दिउँसो १:३० बजे बोलाइएको थियो । थापालाई उपचारका लागि अस्पताल लगिएकोमा केही समयपछि नै मृत घोषित गरिएको थियो ।
प्रहरीले उनको मृत्युको प्रकृति हेर्दा शंकास्पद नरहेको तर अनुसन्धान जारी रहेको बताएको छ ।
सन् २०१९ मा बेलायती सेनामा प्रवेश गरेका थापाले छोटो अवधिमै धेरै प्रगति गरेको मन्त्रालयले बताएको छ ।
उनी आधारभूत तालिम सकिएपछि वर्दी डाउन विन्चेष्टरमा लजिष्टिक स्पेशलिष्ट तालिमका लागि खटाइएका थिए । सन् २०२० मा उनी योर्कसायरमा खटाइएका थिए । सैन्य सेवाको छोटो अवधिमा उनी साइप्रसमा संयुक्त राष्ट्रसंघको शान्तिसेनामा पनि खटिएका थिए भने कोभिड १९ का क्रममा राष्ट्रिय टोलीमा पनि परेका थिए । यसबाहेक केन्या र ओमानमा पनि उनी पठाइएका थिए । हालै मात्र उनले स्पेनमा तालिम सकाएका थिए ।
उनी भलिबल र ब्याडमिन्टन खेलाडी पनि थिए । थापाले गोर्खा वेलफेयर ट्रष्टका लागि सहयोग संकलन समेत गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा