
लण्डन । संविधान दिवसका अवसरमा नेपाली राजदुताबास लण्डनमा एक समारोहको आयोजना गरिएको छ ।
कार्यक्रममा स्वागत गर्दै बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको महत्वपूर्ण पक्ष र नेपालको विदेश नीतिका बारेमा प्रकाश पारेका थिए । नेपाल सरकारको हालको जोड अर्थतन्त्रको पुनसंरचना गर्दै जनताको जीवनस्तर उकास्नमा रहेको उनले बताए । नेपालले शान्ति सेनामार्फत क्षेत्रीय सहयोग र विश्वमा शान्ति स्थापना गर्न खेलेको योगदानको उनले चर्चा गरे ।
नेपाल र बेलायत बीच ऐतिहासिक द्विपक्षीय सम्बन्ध रहेको र गोरखाहरु सो सम्बन्धको आधार रहेको पनि उनले बताए । अहिले दुई देशबीचको सम्बन्ध बहुआयामिक रहेको र राजनीतिक, आर्थिक, व्यापारिक, लगानी, शैक्षिक र जनस्तरको सम्बन्धका तहमा फैलिएको पनि उनको भनाइ थियो ।
बेलायत सरकारकी विदेश, कमनवेल्थ तथा विकास मन्त्री तथा कार्यक्रमकी प्रमुख अतिथि आन मारी ट्रेभलिनले नेपालको संविधान दिवसको अवसरमा शुभकामना दिइन् । नेपाल र बेलायतबीचको गहिरो र न्यानो सम्बन्धको प्रसंशा गर्दै यसलाई अरु धेरै क्षेत्रहरु व्यापार, लगानी र जलवायु परिवर्तन विरुद्धको अभियान लगायतमा सहकार्यमा विस्तार गर्न सकिने उनले बताइन् ।
कार्यक्रममा नेपाली कलाकारहरुले नेपाली सँस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेलायती सांसदहरु, नेपालका हितैषी बेलायतीहरु, राजदुतहरु, उच्चायुक्तहरु, नेताहरु र बेलायतस्थित नेपाली समुदायको उपस्थिति रहेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा