
लण्डन । हरेक वर्ष आयोजना गरिने रस्मूर वेलेस्ले टेन के र टु के दौड अक्टोबर १ तारिखमा हुँदैछ ।
आइतबार बिहान १०:३० शुरु हुने सो दौड ग्रेटर रसमुर नेपाली कम्युनिटीले (जीआरएनसी) ले ब्लाकवाटर भ्याली रनर्स सँगको सहकार्य गरी आयोजना गरेको छ ।
दौडको तयारीका लागि जीआरएनसीको तयारी बैठक शनिबार (९ सेप्टेम्बर २०२३) गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा मन गुरुङको अध्यक्षतामा सम्पन्न भयो।
दौडमा जीआरएनसीले मार्शलको जिम्मेवारी लिएको छ भने संकेत चिन्ह राख्ने बेलामा कम्युनिटीले सहयोग गर्ने छ।
उक्त कार्यक्रमको लागि उपाध्यक्ष उत्तर गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव सुशीला थापा, साँस्कृतिक सचिव दिनेश गुरुङ र प्रवक्ता किशोर चन्द रहेको उपसमिति बनाएको छ।
कम्युनिटीले गत वर्षबाट नेपाली र अंग्रेजी दुवै भाषाको ज्ञान भएका मार्शलहरु मात्र राख्दै आएको छ र मार्शलहरुलाई खानपिनको विसेष ब्यवस्था पनि गरिने छ ।
उक्त दौडमा प्रथम हुने नेपालीलाई पुरस्कार र एभरेस्ट रनमा भाग लिनको लागि पनि सहयोग गरिने छ।
यसपालीको दौडमा ५०० जनालाई मात्र समावेस गरिने भएको छ ।
बैठक सचिव सुशीला थापा मगरले संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
उपस्थित सबैलाई अध्यक्ष मन गुरुङले धन्यवाद दिनुभएको थियो।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]