
नयाँदिल्ली । सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन (नाम)पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ ।
जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुवल) बैठक गर्ने प्रस्ताव गर्नुभएको छ । आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो ।
“तपाई सबैलाई ज्ञात छ नोभेम्बर २०२३ सम्म जी २० अध्यक्षको जिम्मेवारीमा भारत छ । यी दुई दिनमा तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्ताव राख्नुभयो । ती विषयमा कसरी प्रगति गर्न सकिन्छ भनेर समीक्षा गर्नु हाम्रो कर्तव्य हो । आगामी नोभेम्बरको अन्त्यमा भर्चुवल बैठकका निम्ति म यहाँ प्रस्ताव गर्न चाहन्छु, आशा छ तपाईहरू त्यसमा सहभागी हुनुहुनेछ । यससँगै जी २० शिखर सम्मेलन समापन भएको घोषणा गर्दछु,” अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रस्ताव गरिएका प्रस्तावको समीक्षा आवश्यक भएको बताउँदै प्रधानमन्त्री मोदीले भन्नुभयो ।
दिल्ली शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गर्नुभयो । चक्रीय प्रणालीअनुसार जी २० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो । आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ । त्यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा सिल्भाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरुवा हस्तान्तरण गर्नुभएको थियो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा