
काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ ।
टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा समेत छनोट भएको छ । ‘विन्डो अन एसियन सिनेमा’ अन्तर्गत छनोट भएको चलचित्रलाई नवीन सुब्बाले निर्देशन गर्नुभएको छ ।
उहाँले भन्नुभयो,“यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।” राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गर्नुभएको छ ।
सोही महोत्सवमा सौरभ राईले निर्देशन गर्नुभएको ‘गुराँस’ पनि छनोट भएको छ । चेक रिपब्लिकको ‘कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलो प्रदर्शनी (प्रिमियर) भएको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।
दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गर्नुभएको छ ।चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछानेले पिताको भूमिकामा हुनुहुन्छ । अभिनेता लामिछानेले विश्वले नेपालको मौलिक कथा हेर्न चाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“हाम्रो चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनुनै हाम्रो मौलिकता त्यहाँ रुचाइनु हो । अहिले भेनिस, बुसान र टोरोन्टो जस्तो विश्वकै प्रसिद्ध महोत्सवमा हाम्रा चलचित्र छन् । यो गौरवको विषय हो ।”
उहाँले निजी पहलमा प्राप्त भइरहेको उपलब्धिमा सरोकारवाला निकायले सहायता गर्नुपर्नेमा जोड दिनुभयो ।
नीरञ्जन भेटवालले निर्देशन गर्नुभएको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि बुसानमा छनोट भएको छ । यो एसियाली लघुचलचित्र विधामा छानिएको हो । दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण असोज १७ देखि २६ सम्म चल्नेछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’