
लण्डन । नेपाली सिनेजगतका लोकप्रिय नायक राजेश हमाल बेलायत आइपुगेका छन् ।
विदेशमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत आएका हुन् ।
शनिवार राति लण्डन आइपुगेका हमाल एक महिना बेलायतमा रहनेछन् । उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा ब्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् ।
हमालले बेलायतमा रहेका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन् । महानायक हमाल केही च्यारिटी कार्यक्रममा समेत सहभागी हुनेछन् । लगत्तै यही सिलसिलामा उनी युरोपका विभिन्न देशहरु पनि पुग्नेछन् ।
विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र यूरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् । उनले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको र उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् ।
त्यतिमात्रै नभएर उनीहरुसँग भएको अनुभव र दक्षतालाई नेपालसँग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा