
काठमाडौं । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आरआरएनए विश्वसम्मेलनमा भाग लिने यूकेको डेलिगेट्स लिष्ट परराष्ट्र मन्त्रालयमा बुझाएका छन् ।
मंगलबार परराष्ट्र मन्त्रालय पुगेर उनले गैर आवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसहित) बमोजिम २० हजार ७०७ सदस्यहरुमध्येबाट २३६ जनाको नाम बुझाएका हुन् ।
उनले पत्रमा ११ औं अधिवेशन तथा विश्व सम्मेलनका लागि आफू नेतृत्वको नाम स्वीकार गर्न मन्त्रालयसमक्ष अनुरोध गरेका छन् ।
डेलिगेट्सका नामसहित परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा अध्यक्ष प्रेम गाहामगरले आफू २२ जुलाईमा सम्पन्न संघको ११ औं वार्षिक साधारणसभामार्फत २० हजार ७०७ जना सदस्यहरुको सर्वसम्मतिमा सन् २०२३-२०२५ का लागि अध्यक्ष निर्वाचित भएको पनि स्मरण गराएका छन् ।
उनले अघिल्लो कार्यसमिति २०२१-२०२३ मा पनि ११ हजार ३६३ पञ्जीकृत सदस्यहरुबाट अध्यक्ष निर्वाचित भएको उल्लेख गरेका छन् ।
गत २६ अगष्टमा सम्पन्न कार्यकारी समितिको तेश्रो बैठक (भर्चुअल) ले डेलिगेट्सका नाम तय गरेको थियो ।
अध्यक्ष गाहामगर डेलिगेट्सका नाम बुझाउन एनआरएनए केन्द्रिय कार्यालय समेत गएका थिए । तर आइसीसी अध्यक्ष डा. बद्री केसी नभेटिएका कारण सिइओको सल्लाह बमोजिम इमेलमार्फत लिष्ट केन्द्रमा बुझाएको गाहामगरले बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा