
आसफोर्ड । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले आयोजना गरेको १३औं सगरमाथा कप यही अगस्ट २७ तारिक आइतबारका दिन सम्पन्न भएको छ ।
सन् २००८ सालमा स्थापना भएको यो खेल कोभिड १९ का कारण दुई वर्ष हुन सकेन। समितिका उपाध्यक्ष चिरन राई संयोजक र उपाध्यक्ष बसुन्धरा नयोङ्ग राई उपसंयोजक रहेको कार्यक्रममा खेलकुद विभागका सचिव पदम योङ्गहाङ्ग र सहसचिव रविन परियारले धेरै मेहनतका साथ जम्मा २३ टीमलाई सहभागी गराउनु भएको थियो।
हरेक वर्ष अगस्ट महिनाको अन्तिम आइतबार गरिने सो फुटबल प्रतियोगिता खेलकुद विभागका निर्देशक तथा सल्लाहकार सिरीप्रसाद तेम्बे लिम्बुको संचालनमा भएको थियो । यस खेलकुदको परिकल्पना भने २००८ सालमा समितिका सल्लाहकार सेरु मादेन लिम्बुले गर्नु भएको हो।
स्थानिय ब्यापारिक संघ सस्था तथा व्यक्तिगत सौजन्य रहेको कार्यक्रममा स्थानिय काउन्सिलबाट ४५०० पाउण्ड सहयोग गरेको थियो । समितिका अध्यक्ष डम्मर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आशफोर्ड बरो काउन्सिलका मेयर लारी क्राउज रहनुभएको थियो।
खेल मेन, भेट्रान, र सुपर भेट्रान गरी जम्मा तीन समूहमा विभाजित गरिएको थियो भने बेलायतभरिका नेपाली समुदायबाट र आशफोर्डका स्थानियहरुको सहभागिता रहेको थिय। खेलको अन्त्यमा खेलको विजेता र उपविजेतामा क्रमश मेनतर्फ ब्रिगेड ब्वाइज र ब्रिगेड भान्जाज, भेट्रानमा विजेता सन्डे एफसी र उपविजेता विकेन्ड व्वाइज र सुपर भेट्रानमा इलाम एफसी विजेता र पोखरा एफसी उपविजेता भए ।
कार्यक्रममा समितिका अध्यक्ष, प्रमुख अतिथि, र सौजन्य दाताहरुको बाहुलीबाट सिल्ड तथा ट्रफी हस्तान्तरण गरिएको थियो । त्यसैगरी कार्यक्रममा सगरमाथा कपलाई लामो समयसम्म अतुलनीय योगदान गर्नु हुने एभेरेस्ट ईन् रेस्टुरेन्ट आशफोर्डका संचालक जीव पाण्डे र आशफोर्ड फुटबल क्लबलाई प्रसंसा पत्र प्रदान गरिएको थियो।
समितिका महासचिव रामप्रसाद लिम्बुले औपचारिक कार्यक्रममा सुरु गरिएको भएता पनि पुरस्कार वितरण कार्यक्रम भने खेलकुद विभाग निर्देशक सिरीप्रसाद तेम्बे लिम्बुले संचालन गर्नु भएको थियो । कार्यक्रममा महिला समितिका अध्यक्ष उमादेवी गुरुङ र वहाँका कार्य समिति, युवा समितिका अध्यक्ष शिखर लिम्बु र वहाँका कार्यसमिति लगायत समितिका सल्लाहकारहरु सिरी लिम्बु, पोपिराज राई, नरेन्द्र लिम्बु, सेरु लिम्बु, सिरीप्रसाद लिम्बु साथै युवा तथा वृद्धाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा समितिका अध्यक्ष डम्मर लिम्बुले कार्यक्रममा उपस्थित प्रमुख अतिथि सौजन्यदाताहरु लगायत सम्पूर्ण कार्यसमितिका सल्लाहकारहरु सदस्य, संयोजक, स्वयमसेवक र उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम बिहान १० बजे सुरु भई कार्यक्रम बेलुकी ८:३० बजे सम्पन्न भएको थियो।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता