
आसफोर्ड । सगरमाथा गोर्खा नेपाली समाज आशफोर्ड केन्टले आयोजना गरेको १३औं सगरमाथा कप यही अगस्ट २७ तारिक आइतबारका दिन सम्पन्न भएको छ ।
सन् २००८ सालमा स्थापना भएको यो खेल कोभिड १९ का कारण दुई वर्ष हुन सकेन। समितिका उपाध्यक्ष चिरन राई संयोजक र उपाध्यक्ष बसुन्धरा नयोङ्ग राई उपसंयोजक रहेको कार्यक्रममा खेलकुद विभागका सचिव पदम योङ्गहाङ्ग र सहसचिव रविन परियारले धेरै मेहनतका साथ जम्मा २३ टीमलाई सहभागी गराउनु भएको थियो।
हरेक वर्ष अगस्ट महिनाको अन्तिम आइतबार गरिने सो फुटबल प्रतियोगिता खेलकुद विभागका निर्देशक तथा सल्लाहकार सिरीप्रसाद तेम्बे लिम्बुको संचालनमा भएको थियो । यस खेलकुदको परिकल्पना भने २००८ सालमा समितिका सल्लाहकार सेरु मादेन लिम्बुले गर्नु भएको हो।
स्थानिय ब्यापारिक संघ सस्था तथा व्यक्तिगत सौजन्य रहेको कार्यक्रममा स्थानिय काउन्सिलबाट ४५०० पाउण्ड सहयोग गरेको थियो । समितिका अध्यक्ष डम्मर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आशफोर्ड बरो काउन्सिलका मेयर लारी क्राउज रहनुभएको थियो।
खेल मेन, भेट्रान, र सुपर भेट्रान गरी जम्मा तीन समूहमा विभाजित गरिएको थियो भने बेलायतभरिका नेपाली समुदायबाट र आशफोर्डका स्थानियहरुको सहभागिता रहेको थिय। खेलको अन्त्यमा खेलको विजेता र उपविजेतामा क्रमश मेनतर्फ ब्रिगेड ब्वाइज र ब्रिगेड भान्जाज, भेट्रानमा विजेता सन्डे एफसी र उपविजेता विकेन्ड व्वाइज र सुपर भेट्रानमा इलाम एफसी विजेता र पोखरा एफसी उपविजेता भए ।
कार्यक्रममा समितिका अध्यक्ष, प्रमुख अतिथि, र सौजन्य दाताहरुको बाहुलीबाट सिल्ड तथा ट्रफी हस्तान्तरण गरिएको थियो । त्यसैगरी कार्यक्रममा सगरमाथा कपलाई लामो समयसम्म अतुलनीय योगदान गर्नु हुने एभेरेस्ट ईन् रेस्टुरेन्ट आशफोर्डका संचालक जीव पाण्डे र आशफोर्ड फुटबल क्लबलाई प्रसंसा पत्र प्रदान गरिएको थियो।
समितिका महासचिव रामप्रसाद लिम्बुले औपचारिक कार्यक्रममा सुरु गरिएको भएता पनि पुरस्कार वितरण कार्यक्रम भने खेलकुद विभाग निर्देशक सिरीप्रसाद तेम्बे लिम्बुले संचालन गर्नु भएको थियो । कार्यक्रममा महिला समितिका अध्यक्ष उमादेवी गुरुङ र वहाँका कार्य समिति, युवा समितिका अध्यक्ष शिखर लिम्बु र वहाँका कार्यसमिति लगायत समितिका सल्लाहकारहरु सिरी लिम्बु, पोपिराज राई, नरेन्द्र लिम्बु, सेरु लिम्बु, सिरीप्रसाद लिम्बु साथै युवा तथा वृद्धाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा समितिका अध्यक्ष डम्मर लिम्बुले कार्यक्रममा उपस्थित प्रमुख अतिथि सौजन्यदाताहरु लगायत सम्पूर्ण कार्यसमितिका सल्लाहकारहरु सदस्य, संयोजक, स्वयमसेवक र उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम बिहान १० बजे सुरु भई कार्यक्रम बेलुकी ८:३० बजे सम्पन्न भएको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा