
लण्डन । सर्वोच्च अदालतले विदेशमा बसोबासरत नेपालीहरूलाई पनि नेपालमा हुने चुनावमा मतदान गर्न दिन सरकारलाई आदेश दिएको निकै समय बितिसकेको अवस्थामा निर्वाचन आयोगले यससम्बन्धी मस्यौदा पहिलोपटक सार्वजनिक गरेको छ ।
निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा दर्ता गरिएको छ । निर्वाचन ब्यवस्था ऐन २०८० माथि प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संसदीय समितिमार्फत छलफल गरी पारित भई राष्ट्रपतिबाट लालमोहर लागेपछि मात्र यो विधेयक लागू हुन्छ । तबसम्म प्रवासी नेपालीहरूले अहिलेजस्तै भोट हाल्न पाउने छैनन् ।

प्रस्तावित व्यवस्थामा परिच्छेद २ धारा २२ मा विदेशमा रहेका व्यक्तिको विवरण संकलन गर्ने प्रावधान छ । जसअनुसार मतदाता नामावलीमा नरहेका विदेशमा रहेका नेपालीहरूको विवरण विदेशस्थित कुटनीतिक नियोग र अन्य निकायको सहयोगमा संकलन गरिने बताइएको छ । यससम्बन्धी प्रक्रिया र विदेशमा बस्ने नेपालीहरूले पेश गर्नुपर्ने प्रमाण तोकिएबमोजिम हुनेछ भनिएको छ । सायद ऐन मस्यौदाअनुसार पारित भएमा निर्वाचन आयोगले यससम्बन्धी नियमावली जारी गर्नेछ ।

विदेशमा रहेका मतदाताले मतदान गर्ने सम्बन्धी व्यवस्था परिच्छेद ७ को धारा २०४ मा राखिएको छ । जसअनुसार विदेशमा बस्ने नेपालीहरूलाई बसोबास गरिरहेकै मुलुकमा रहेको वा सो मुलुकका लागि तोकिएको देशबाट मतदान गराउने बताइएको छ । यसरी गरिएको व्यवस्थामा मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फमात्र मत दिन पाउने छन् । मतदान अनलाइन मार्फत पनि गर्न सकिने र गोपनियता भंग हुन नहुने कुरामा आयोग विश्वस्त भएमा अनलाइन मतदान पनि गर्न सकिने मस्यौदामा उल्लेख छ ।
प्रवासी नेपालीले गरेको मतदानको गणना तोकिएबमोजिम हुने र कुन कुन देशबाट मतदान गर्न सकिने राजपत्रमा प्रकाशन गरिने बताइएको छ ।
प्रवासमा रहेका नेपालीहरूले लामो समयदेखि मताधिकारको माग गर्दै आएका छन् । नेपाली नागरिकता नत्यागेका लाखौँको संख्यामा रहेका नेपालीहरू मतदान प्रक्रियामा सहभागी हुन पाए त्यसले नेपालको चुनावमा नौलो आयाम ल्याउन सक्ने छ ।
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता